उद्योगमा लक्ष्यअनुसारको आएन बजेट, ६ अर्ब ५५ करोड विनियोजन

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, जेठ १५, २०८१
|
|
४५ पटक हेरिएको
Shares
उद्योगमा लक्ष्यअनुसारको आएन बजेट, ६ अर्ब ५५ करोड विनियोजन

सारांश

  • सरकारले निजगढदेखि ढल्केबरसम्मको आसपासका क्षेत्रलाई नेपाली गलैँचा करिडोरका रूपमा विकास गर्ने भएको छ ।
  • आगामी वर्षको बजेटमार्फत सरकारले नेपाली गलैँचालाई प्रोत्साहन गर्ने लक्ष्यसहित गलैँचा करिडोर घोषणा गर्दै नेपाली गलैँचाको प्रयोगलाई बढवा दिने भएको हो ।
  • कञ्चपुरको दैजी, बाँकेको नौबस्ता र रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रको निर्माण सुरु गर्ने घोषणा समेत सरकारले गरेको छ ।

१५ जेठ, काठमाडौँ । सरकारले निजगढदेखि ढल्केबरसम्मको आसपासका क्षेत्रलाई नेपाली गलैँचा करिडोरका रूपमा विकास गर्ने भएको छ ।

आगामी वर्षको बजेटमार्फत सरकारले नेपाली गलैँचालाई प्रोत्साहन गर्ने लक्ष्यसहित गलैँचा करिडोर घोषणा गर्दै नेपाली गलैँचाको प्रयोगलाई बढवा दिने भएको हो । कञ्चपुरको दैजी, बाँकेको नौबस्ता र रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रको निर्माण सुरु गर्ने घोषणा समेत सरकारले गरेको छ । औद्योगिक क्षेत्र सञ्चालन र व्यवस्थापनका लागि निजी क्षेत्रसँग साझेदारी गर्ने समेत सरकारको घोषणा छ । मकवानपुरको मयुरधाप र चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारको माध्यमबाट निर्माण र सञ्चालन गर्ने अर्थमन्त्रीले बताए । यस्तै, आगामी वर्षमा स्टार्टअप व्यवसायको विस्तार र प्रोत्साहनमा सरकारको नीति रहेको उनले बताए । आगामी वर्ष स्टार्टअपको विकासका लागि बोर्ड स्थापना गर्ने र १ अर्ब रुपैयाँको कोष खडा गरेको समेत अर्थमन्त्री पुनको घोषणा छ । प्रत्येक प्रदेशका बिजनेस इन्कुभेसन सेन्टर स्थापना गर्ने र प्राइभेट इक्वुटि फण्ड र धितोपत्रमा लगानी गर्ने व्यवस्था समेत गर्ने उनको भनाई छ ।

निजी क्षेत्रसँगको साझेदारीमा काठमाडौँको चोभारमा अन्तर्राष्ट्रिय प्रदर्शनस्थल सञ्चालन गर्ने, महिला उद्यमीबाट उत्पादित वस्तुको ब्राण्डिङ गर्न वेभसाइटको प्रयोग गर्ने र कोसेली घरको स्थापना गर्ने समेत अर्थमन्त्रीको भनाई छ । उद्योग र लगानीसँग सम्बन्धित कानुनमा परिमार्जन गर्ने, श्रमिक ऐन, हेजिङ ऐन, वन ऐन र कम्पनी ऐनमा संशोधन गरेर दर्ता र खारेजी प्रक्रियालाई सहजीकरण गर्ने बताइएको छ । घरेलु मदिराको उत्पादन, बिक्री र ब्राण्डिका लागि आवश्यक व्यवस्था गर्ने अर्थमन्त्रीले घोषणा गरे । अर्थमन्त्रीले औद्योगिक विकास र उद्यमशीलता विकासका लागि ६ अर्ब ५५ करोड विनियोजन गरेको घोषणा गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुनको मूल्य फेरि घट्यो कतिमा हुदैछ कारोबार ?
सुनको मूल्य फेरि घट्यो कतिमा हुदैछ कारोबार ?
पाँच वटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
पाँच वटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
काठमाडौं महानगरका तत्कालीन इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा, श्रीमतीको नाममा रहेको सम्पत्ति जफतको माग
काठमाडौं महानगरका तत्कालीन इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा, श्रीमतीको नाममा रहेको सम्पत्ति जफतको माग
निर्वाचन आयोगमा ३२ वटा दल दर्ता प्रक्रियामा
निर्वाचन आयोगमा ३२ वटा दल दर्ता प्रक्रियामा
राष्ट्रिय सभा अन्तरगत दुई समितिको बैठक बस्दै
राष्ट्रिय सभा अन्तरगत दुई समितिको बैठक बस्दै
सबै आपराधिक घटना प्रहरीको ‘इन्स्टिच्युसनल मेमोरी’ मा छः आईजीपी
सबै आपराधिक घटना प्रहरीको ‘इन्स्टिच्युसनल मेमोरी’ मा छः आईजीपी
दिल्लीको मुख्यमन्त्री पदबाट आतिशीले दिइन् राजीनामा
दिल्लीको मुख्यमन्त्री पदबाट आतिशीले दिइन् राजीनामा
फिफा विश्वकप : कोलम्बियाको उज्बेकिस्तानमाथि ३–१ को जित
फिफा विश्वकप : कोलम्बियाको उज्बेकिस्तानमाथि ३–१ को जित
यी हुन् इलाममा पहिरोमा परि मृत्यु हुनेहरु (नामावलीसहित)
यी हुन् इलाममा पहिरोमा परि मृत्यु हुनेहरु (नामावलीसहित)
हुम्लाका विभिन्न बस्तीमा टेलिफोन सेवा अवरुद्ध
हुम्लाका विभिन्न बस्तीमा टेलिफोन सेवा अवरुद्ध