२६ जेष्ठ २०८२, आईतवार

पहिरोले कालिगण्डकी करिडोर सडक अवरुद्ध

 

१४ जेठ, गुल्मी । गुल्मीमा ढुंगासहितको पहिरोले कालिगण्डकी करिडोर सडक अवरुद्ध बनेको छ ।

जिल्लाको कालिगण्डकी गाउँपालिकाको–६, बर्लवास्थित करिडोर सडकमा पहिरो ढुंगा खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक किरण सापकोटाले बताए । सोमबार बिहान अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । पहिरो ठूलो भएकोले सवारी साधन सुचारु हुन २/३ दिन लाग्न सक्ने अनुमान प्रहरीले गरेको छ । अवरुद्ध सडक खुलाउन भुर्तुङ प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक प्रेमबहादुर खाम्चाको कमाण्डमा टोली खटिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment