सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

व्यक्तिको नाम तोकेरै संसदीय छानबिन समिति गठन हुनुपर्छ : कांग्रेस

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, जेठ १३, २०८१
|
|
५९ पटक हेरिएको
Shares
व्यक्तिको नाम तोकेरै संसदीय छानबिन समिति गठन हुनुपर्छ : कांग्रेस

सारांश

  • नेपाली कांग्रेसले संसदीय छानबिन समितिको कार्यादेशमा पुरानो अडान कायमै राख्ने निर्णय गरेको छ ।
  • आज बिहान कांग्रेस नेताहरुको आन्तरिक छलफलले सहकारीको रकम अपचलनमा संलग्न व्यक्तिको नाम उल्लेख गरी छानबिन समिति गठन हुनुपर्ने अडानमा कायम रहने निर्णय गरेको हो ।
  • बैठकपछि कांग्रेस सहमहामन्त्री जीवन परियारले भने, ‘गोर्खा मिडिया नेटवर्कको नाम मात्र लिएर त पुग्दैन होला ।

 

१३ जेठ, काठमाडौं । नेपाली कांग्रेसले संसदीय छानबिन समितिको कार्यादेशमा पुरानो अडान कायमै राख्ने निर्णय गरेको छ ।

आज बिहान कांग्रेस नेताहरुको आन्तरिक छलफलले सहकारीको रकम अपचलनमा संलग्न व्यक्तिको नाम उल्लेख गरी छानबिन समिति गठन हुनुपर्ने अडानमा कायम रहने निर्णय गरेको हो । बैठकपछि कांग्रेस सहमहामन्त्री जीवन परियारले भने, ‘गोर्खा मिडिया नेटवर्कको नाम मात्र लिएर त पुग्दैन होला । कम्तिमा त्यहाँ संलग्न व्यक्तिहरु कोको हुन् भन्नेबारेमा पनि उल्लेख नगरिकन छानबिन हुन सक्दैन भन्ने हाम्रो अडान कायमै छ ।’ तर, सत्ता पक्षका नेताहरुले संस्थाको नाम उल्लेख गरेपछि व्यक्तिको नाम उल्लेख गर्न नपर्ने अडान राखेका छन् । त्यसमा कांग्रेस सहमत छैन ।

कांग्रेस सहमहामन्त्री परियारले भने, ‘अहिले सत्तारुढ दलका साथीहरु यति चलाखीपूर्ण कुरा गरिरहनु भएको छ कि, कुनै पनि सहकारीबाट पैसा लिंदाखेरी नियमसम्मत लियो कि लिएन र त्यो कम्पनीमात्र जवाफदेही हुने कुरा हो । कम्पनीका सन्चालक जवाफदेही हुने कुरा हो भन्ने ढंगले उहाँहरु प्रस्तुत हुनुभएको छ । त्यस कुराले समस्याको समाधान निस्किंदैन । कांग्रेस पार्टी स्पष्ट छ ।’

उनले अगाडि भने, ‘उहाँहरु त एकपछि अर्को गरी कसरी हुन्छ, उम्किने बाटोतिर जाने कोसिस गर्दै हुनुहुन्छ । त्यसप्रति हामी सचेत छौं ।’ आन्तरिक छलफलअघि सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री प्रचण्डसँग छलफल गरेका थिए । देउवालाई भेट्न प्रचण्ड बूढानीलकण्ठ पुगेका थिए । सहकारीकै विषयलाई लिएर कांग्रेसले आजै काठमाडौंमा विरोध प्रदर्शन गर्दैछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संसद्‍मा सभामुखको भूमिकामाथि प्रश्न
संसद्‍मा सभामुखको भूमिकामाथि प्रश्न
गण्डकीमा डेङ्गु सङ्क्रमणबाट आठ जनाको मृत्यु
गण्डकीमा डेङ्गु सङ्क्रमणबाट आठ जनाको मृत्यु
परीक्षाको बेला आन्दोलनै आन्दोलन, जिम्मेवार हुन शिक्षा मन्त्रालयको अनुरोध
परीक्षाको बेला आन्दोलनै आन्दोलन, जिम्मेवार हुन शिक्षा मन्त्रालयको अनुरोध
विद्यालयको कोठामा झुण्डिएको अवस्थामा ७५ वर्षीय चौकीदार मृत फेला
विद्यालयको कोठामा झुण्डिएको अवस्थामा ७५ वर्षीय चौकीदार मृत फेला
परराष्ट्रमन्त्री र मल्दोभाका उपप्रधानमन्त्रीबीच भेटवार्ता
परराष्ट्रमन्त्री र मल्दोभाका उपप्रधानमन्त्रीबीच भेटवार्ता
नेपाली कांग्रेस गम्भीर संकटमा, दुवै पक्ष लचक बन्नुपर्छ : सुनिल शर्मा
नेपाली कांग्रेस गम्भीर संकटमा, दुवै पक्ष लचक बन्नुपर्छ : सुनिल शर्मा
झापामा फर्निचर पसलमा आगलागी, १२ लाख बराबरको क्षति
झापामा फर्निचर पसलमा आगलागी, १२ लाख बराबरको क्षति
सिन्धुपाल्चोकमा जिप दुर्घटना हुँदा २ को मृत्यु, ४ जना घाइते
सिन्धुपाल्चोकमा जिप दुर्घटना हुँदा २ को मृत्यु, ४ जना घाइते
वीरगञ्ज हुँदै ६ महिनामा १२ अर्बको खाद्यान्न आयात
वीरगञ्ज हुँदै ६ महिनामा १२ अर्बको खाद्यान्न आयात
पहिचान पक्षधरलाई प्रधानमन्त्रीको आग्रह– राजनीतिक नेतृत्वमा गोलबन्द हुनुहोस्
पहिचान पक्षधरलाई प्रधानमन्त्रीको आग्रह– राजनीतिक नेतृत्वमा गोलबन्द हुनुहोस्