एकीकृत समाजवादीले किन बोलायो सचिवालय बैठक ?
१० जेठ, काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले केन्द्रीय सचिवालय बैठक बोलाएको छ ।
पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा केहीबेरमा बैठक सुरु हुने प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।बैठकमा पार्टीको आसन्न १० औँ महाधिवेशनको आन्तरिक तयारी र समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ । ‘महाधिवेशनमा पेश हुने दस्तावेजहरूलाई अन्तिम रूप दिएर तल्ला कमिटीमा पठाउनुपर्नेछ । सोही विषय छलफलको मुख्य एजेन्डा हो’, खतिवडाले भने, ‘अरू समसामयिक विषयमा पनि छलफल हुन्छ ।’ सो पार्टीको महाधिवेशन आगामी असार १६ देखि २० गतेभित्र काठमाडौँमा हुँदैछ । त्यसका लागि पार्टी नेताहरूले राजनीतिक सांगठानिक सहित चार वटा दस्तावेजको मस्यौदा तयार गरेका छन् ।
Related posts:
कार्की आयोग प्रतिवेदन सार्वजनिक गर्न जेनजी मुभमेन्ट नेपालको माग
नेपालमा करिब ४५ प्रतिशत क्षयरोगका बिरामीको पहिचान हुन सकेको छैन : डा.देवकोटा
अमेरिका र इरानको विरोधाभासपूर्ण बयानबिच अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा व्यापक उतारचढाव
अमेरिका र इजरायलद्वारा इरानविरुद्ध सैन्य हमला जारी, प्रतिकारमा इरान



Post Comment