जनकपुरमा कारले ठक्कर दिंदा पत्रकार रोहिताको मृत्यु
मौसम झा
५ जेठ, जनकपुरधाम । जनकपुरमा कारले मोटरसाइकलमा ठक्कर दिँदा पत्रकार शिवेन्द्र रोहिताको मृत्यु भएकोछ ।
धनुषा प्रहरीका अनुसार आज बिहान ३ बजेतिर जनकपुरधामको थापाचोकमा बा २१ च ३३४३ नम्बरको कारले रोहिता सवार प्रदेश २ ज ५६९४ नम्बरको मोटरसाइकलमा ठक्कर दिएको थियो । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । धनुषाको शहिदनगर नगरपालिका ८ का बासन्दा ३२ वर्षीया रोहिता राजधानी जनकपुर अनलाइनमा कार्यरत्त थिए ।
मोटरसाइकलमा पछाडि सवार मृतक रोहिताका साथी २५ वर्षीय जयनाथ यादव घाइते भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
3
+1
+1
Post Comment