Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

निर्वाचन प्रहरीको जिम्मेवारी सकेर हैदरावाद पुगेका तिलकको दु*र्घटनामा मृ*त्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, चैत्र ११, २०८२
|
|
३६ पटक हेरिएको
Shares
निर्वाचन प्रहरीको जिम्मेवारी सकेर हैदरावाद पुगेका तिलकको दु*र्घटनामा मृ*त्यु

सारांश

  • रोजगारीका लागि भारतको हैदरावाद पुगेका खोटाङका एक युवाले गाडीको ठक्करबाट ज्यान गुमाएका छन् ।
  • होटलमा काम गर्नका लागि साथीहरूसँगै हैदरावाद पुगेका खोटेहाङ गाउँपालिका–७ खोटाङबजार भँडारेका २५ वर्षीय तिलक परियारको मृत्यु भएको हो ।
  • पैसा कमाउने सपना बोकेर हैदरावाद पुगेको हप्ता दिन नबित्दै परियारले ज्यान गुमाएको स्थानीय बताए ।

११ चैत, खोटाङ ।

रोजगारीका लागि भारतको हैदरावाद पुगेका खोटाङका एक युवाले गाडीको ठक्करबाट ज्यान गुमाएका छन् । होटलमा काम गर्नका लागि साथीहरूसँगै हैदरावाद पुगेका खोटेहाङ गाउँपालिका–७ खोटाङबजार भँडारेका २५ वर्षीय तिलक परियारको मृत्यु भएको हो । पैसा कमाउने सपना बोकेर हैदरावाद पुगेको हप्ता दिन नबित्दै परियारले ज्यान गुमाएको स्थानीय बताए ।

होटलमा काम गर्ने भन्दै तिलक गाउँकै सन्तोष परियार र कृष्ण परियारको साथमा चैत २ गते हैदरावादतर्फ हिंडेका थिए । चैत ५ गते हैदरावाद पुगेका तिलक चैत ६ गते गाडीको ठक्करबाट गम्भीर घाइते भएका थिए । उनलाई सडक पार गर्ने क्रममा गाडीले ठक्कर दिएको थियो । गान्धी अस्पताल, सेकन्दरावादमा उपचारका क्रममा चैत ११ गते बिहान तिलकको मृत्यु भएको हैदरावादमा रहेका आफन्तले जानकारी दिए ।

विपन्न आर्थिक अवस्थाका तिलक र सन्तोष निर्वाचन प्रहरीको रुपमा काम गरेर फर्किएपछि हैदरावादतर्फ गएका थिए । तिलक घरका दुई छोरामध्ये कान्छो छोरा हुन् । उनीहरूका पाँच जना दिदीबहिनी छन् । श्रीमतीसँग अलग्गिएर बसिरहेका उनका पाँच वर्षका छोरा छन् । हैदरावादतर्फ हिंडेकै दिन तिलकको घर हावाहुरीले क्षतिग्रस्त बनाइदिएको छ । उनीहरू रोजगारी दिलाउने भन्दै भारत लैजाने ठेकेदार पछ्याउँदै हैदरावाद पुगेका थिए । खोटेहाङ गाउँपालिकाबाट दर्जनौं युवा रोजगारी खोज्दै हैदरावादमा जानेआउने गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

समानुपातिकतर्फ एकै दिन दर्ता भए ३३ दल
समानुपातिकतर्फ एकै दिन दर्ता भए ३३ दल
महिला इन्जिनियरलाई पिट्ने पुरुष इन्जिनियर पक्राउ
महिला इन्जिनियरलाई पिट्ने पुरुष इन्जिनियर पक्राउ
सरकारले डेढ घण्टा कुर्यो शिक्षकहरु वार्तामा आएनन् : शिक्षामन्त्री
सरकारले डेढ घण्टा कुर्यो शिक्षकहरु वार्तामा आएनन् : शिक्षामन्त्री
तनावग्रस्त बनेपछि नेपालगञ्जमा सेना परिचालन, स्थिति नियन्त्रणमा
तनावग्रस्त बनेपछि नेपालगञ्जमा सेना परिचालन, स्थिति नियन्त्रणमा
पानीको प्रयोगबाटै देश समृद्ध बनाउने लक्ष्य लिएका छौं : ऊर्जामन्त्री खड्का
पानीको प्रयोगबाटै देश समृद्ध बनाउने लक्ष्य लिएका छौं : ऊर्जामन्त्री खड्का
काभ्रेमा फसेका यात्रु उद्धार गर्न उड्यो सेनाको हेलिकप्टर
काभ्रेमा फसेका यात्रु उद्धार गर्न उड्यो सेनाको हेलिकप्टर
चीनमा ह्युमनोइड रोबोटको छलाङ, माग बढ्दो
चीनमा ह्युमनोइड रोबोटको छलाङ, माग बढ्दो
६.५ डिग्रीमा झर्‍यो काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम
६.५ डिग्रीमा झर्‍यो काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम
गोरखापत्र एकेडमीले अर्थतन्त्र गतिशील बनाउन योगदान पुर्याउने
गोरखापत्र एकेडमीले अर्थतन्त्र गतिशील बनाउन योगदान पुर्याउने
भिजिट भिसा प्रकरण : पूर्वगृहमन्त्री रमेश लेखकमाथि भ्रष्टाचार आरोपमा अनुसन्धान
भिजिट भिसा प्रकरण : पूर्वगृहमन्त्री रमेश लेखकमाथि भ्रष्टाचार आरोपमा अनुसन्धान