कांग्रेसको पदाधिकारी बैठक जारी

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, बैशाख ३१, २०८१
|
|
१०१ पटक हेरिएको
Shares
कांग्रेसको पदाधिकारी बैठक जारी

सारांश

  • नेपाली कांग्रेसको वर्तमान र पूर्वपदाधिकारीहरुको संयुक्त बैठक बसिरहेको छ ।
  • बैठक पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा जारी छ ।
  • संसदको गतिरोध र सरकार जेठ १ गते ल्याउन लागेको नीति तथा कार्यक्रम लगायत विषयमा छलफल गर्न बैठक बसेको हो ।

३१ वैशाख, काठमाडौं । नेपाली कांग्रेसको वर्तमान र पूर्वपदाधिकारीहरुको संयुक्त बैठक बसिरहेको छ ।

बैठक पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा जारी छ । संसदको गतिरोध र सरकार जेठ १ गते ल्याउन लागेको नीति तथा कार्यक्रम लगायत विषयमा छलफल गर्न बैठक बसेको हो । कांग्रेसले सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा मुछिएका उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछाने उपर छानबिन गर्न संसदीय समिति गठन हुनुपर्ने अडान राख्दै आएको छ । कांग्रेसको यो अडानका कारण संसदमा गतिरोध कायम छ । गतिरोध अन्त्य गरी सरकारको नीति तथा कार्यक्रमलाई सहज ढंगले अघि बढाउने प्रयासमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार कांग्रेस सभापति शेरबहादुर देउवासहितका नेताहरुसँग छलफल समेत गरेका थिए । तर सो छलफल निष्कर्षमा पुग्न सकेको थिएन । कांग्रेस प्रमुख सचेतक रमेश लेखकले भने संसदीय छानबिन समिति गठन हुनुपर्ने आफूहरुको मागमा प्रधानमन्त्री सकारात्मक भएको प्रतिक्रिया पत्रकारहरुलाई दिएका थिए । प्रधानमन्त्री प्रचण्डले पनि सोमबार साँझसम्ममा निकास निस्किने विश्वास व्यक्त गरेका थिए ।

प्रधानमन्त्रीसँगको छलफलपछि कांग्रेसले सोमबार बैठक बसेर आवश्यक निर्णय लिइने जनाएको थियो । सोही अनुसार अहिले कांग्रेसको वर्तमान र पूर्वपदाधिकारीहरुको संयुक्त बैठक बसिरहेको हो । आजै दिउँसो १ बजे संसदीय दल कार्यसमिति र ३ बजे संसदीय दलको बैठक पनि बस्ने तय भएको थियो । तर ती दुवै बैठक स्थगित गरी भोलिका लागि सारिएको छ । ती बैठकमा सरकारले नीति तथा कार्यक्रम ल्याउने दिन संसदमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल गर्ने नेताहरुले बताएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एसिसी महिला प्रिमियर कप : नेपालको दोस्रो जित
एसिसी महिला प्रिमियर कप : नेपालको दोस्रो जित
रास्वपा निर्णय : गृहमन्त्रीको राजीनामा र उच्चस्तरीय आयोगको अडान यथावत् राख्ने
रास्वपा निर्णय : गृहमन्त्रीको राजीनामा र उच्चस्तरीय आयोगको अडान यथावत् राख्ने
मकालुमा खोलामा डुबेर एकै घरका २ जनाको मृत्यु
मकालुमा खोलामा डुबेर एकै घरका २ जनाको मृत्यु
घट्यो सुनचाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
घट्यो सुनचाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
जलस्रोत तथा सिँचाइ विभागका पूर्वमहानिर्देशक भण्डारीविरुद्ध साढे ३ करोडको भ्रष्टाचार मुद्दा दायर
जलस्रोत तथा सिँचाइ विभागका पूर्वमहानिर्देशक भण्डारीविरुद्ध साढे ३ करोडको भ्रष्टाचार मुद्दा दायर
हेटौंडामा ५ वटा पिचसहितको क्रिकेट मैदान निर्माण हुँदै
हेटौंडामा ५ वटा पिचसहितको क्रिकेट मैदान निर्माण हुँदै
विद्युत आयोजना निर्माणको लागि उपकरणको सहज उपलब्धता गरिदिन इप्पानको आग्रह
विद्युत आयोजना निर्माणको लागि उपकरणको सहज उपलब्धता गरिदिन इप्पानको आग्रह
काभ्रेमा बस दुर्घटना, २३ जना घाइते
काभ्रेमा बस दुर्घटना, २३ जना घाइते
संसद् कर्मचारी ट्रेड युनियन खारेज, राजनीतिक गतिविधि गर्न नपाउने
संसद् कर्मचारी ट्रेड युनियन खारेज, राजनीतिक गतिविधि गर्न नपाउने
राजा नभएको भए प्रचण्ड हुँदैन थिए : केशरबहादुर विष्ट
राजा नभएको भए प्रचण्ड हुँदैन थिए : केशरबहादुर विष्ट