Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

जलेश्वरका मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, बैशाख २७, २०८१
|
|
४४ पटक हेरिएको
Shares
जलेश्वरका मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

सारांश

  • महोत्तरीको जलेश्वर नगरपालिकाका मेयर सुरेश साह सेनार, उपमेयर रौशन खातुन र तत्कालिन प्रमुख प्रशासकीय अधिकृत मित्रलाल ढकालसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
  • जलेश्वर नगरपालिका-१ हाटबजार क्षेत्रमा भएको ढलानमा गुणस्तरहीन काम गरेर भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेयर, उपमेयर, वडा नं १ का अध्यक्ष अनिलकुमार झा, प्रमुख प्रशासकीय अधिकृत, अरु कर्मचारी र उपभोक्ता समितिका पदाधिकारीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
  • अख्तियारले उक्त योजनामा भएको काम भन्दा ५ लाख ८४ हजार ६३७ रुपैयाँ भुक्तानी भएको भन्दै सबै जनासँग त्यति रकम बिगो मागदाबी गरेको छ ।

 

काठमाडौं ।

महोत्तरीको जलेश्वर नगरपालिकाका मेयर सुरेश साह सेनार, उपमेयर रौशन खातुन र तत्कालिन प्रमुख प्रशासकीय अधिकृत मित्रलाल ढकालसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

जलेश्वर नगरपालिका-१ हाटबजार क्षेत्रमा भएको ढलानमा गुणस्तरहीन काम गरेर भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेयर, उपमेयर, वडा नं १ का अध्यक्ष अनिलकुमार झा, प्रमुख प्रशासकीय अधिकृत, अरु कर्मचारी र उपभोक्ता समितिका पदाधिकारीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । अख्तियारले उक्त योजनामा भएको काम भन्दा ५ लाख ८४ हजार ६३७ रुपैयाँ भुक्तानी भएको भन्दै सबै जनासँग त्यति रकम बिगो मागदाबी गरेको छ ।भ्रष्टाचार मुद्दा लाग्ने अन्य कर्मचारीमा अधिकृत छैटौं धिरेन्द्र झा, वरिष्ठ इन्जिनियर पवनकुमार  झा, इन्जिनियर राकेशकुमार चौधरी र सव-इन्जिनियर दिपेशकुमार साह, कार्यपालिका सदस्य सोगरा खातुन, उपभोक्ता समितिका अध्यक्ष राकेशकुमार साह, सचिव सिकेन्द्र चौधरी  र कोषाध्यक्ष संतोषी देवी  रहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हेटौंडा बजारमा सडक विस्तार सुरु, यातायात व्यवस्थापन सहज बनाउन वैकल्पिक रुट लागू गरिने
हेटौंडा बजारमा सडक विस्तार सुरु, यातायात व्यवस्थापन सहज बनाउन वैकल्पिक रुट लागू गरिने
शीर्ष नेताहरूबिच बालुवाटारमा छलफल
शीर्ष नेताहरूबिच बालुवाटारमा छलफल
जय ट्रफी: बुधबार दुई खेल हुँदै
जय ट्रफी: बुधबार दुई खेल हुँदै
राप्रपाले काठमाडौंको निषेधित क्षेत्रमा प्रदर्शन गर्ने
राप्रपाले काठमाडौंको निषेधित क्षेत्रमा प्रदर्शन गर्ने
रास्वपाको कार्यवाहक सभापति बन्दै डीपी, स्वर्णिम पनि सहमत
रास्वपाको कार्यवाहक सभापति बन्दै डीपी, स्वर्णिम पनि सहमत
दोस्रो दिन पनि महानगरविरूद्ध न्यूरोडका व्यवसायीको प्रदर्शन (तस्वीरहरू)
दोस्रो दिन पनि महानगरविरूद्ध न्यूरोडका व्यवसायीको प्रदर्शन (तस्वीरहरू)
आजको मौसम: पहाडी र तराई भू–भागमा मध्यम वर्षाको सम्भावना
आजको मौसम: पहाडी र तराई भू–भागमा मध्यम वर्षाको सम्भावना
फुटसल प्रतियोगिताको उपाधी आवास फुटबल क्लबलाई
फुटसल प्रतियोगिताको उपाधी आवास फुटबल क्लबलाई
फागुन २१ मा निर्वाचन हुन्छ, उज्यालो नेपाल पार्टीले बहुमत ल्याउँछ : कुलमान घिसिङ
फागुन २१ मा निर्वाचन हुन्छ, उज्यालो नेपाल पार्टीले बहुमत ल्याउँछ : कुलमान घिसिङ
अर्थ समितिले आगामी आर्थिक वर्षको बजेटका सन्दर्भमा विज्ञहरूसँग छलफल गर्ने
अर्थ समितिले आगामी आर्थिक वर्षको बजेटका सन्दर्भमा विज्ञहरूसँग छलफल गर्ने