Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

सुहाङ नेम्वाङले आज सांसदको सपथ लिँदै

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, बैशाख २६, २०८१
|
|
३९ पटक हेरिएको
Shares
सुहाङ नेम्वाङले आज सांसदको सपथ लिँदै

सारांश

  • उपनिर्वाचनमार्फत इलाम क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सुहाङ नेम्वाङले आज  सपथ ग्रहण गर्दै छन्।
  • सभामुख देवराज घिमिरेले आज बिहान ११ बजे नेम्वाङलाई शपथ गराउने कार्यक्रम तय भएको संसद् सचिवालयले जनाएको छ।
  • यस क्रममा सभामुख घिमिरेले नेम्वाङलाई प्रतिनिधि सभा सदस्यको लोगो लगाइदिने छन्।

काठमाडौं ।

उपनिर्वाचनमार्फत इलाम क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सुहाङ नेम्वाङले आज  सपथ ग्रहण गर्दै छन्। सभामुख देवराज घिमिरेले आज बिहान ११ बजे नेम्वाङलाई शपथ गराउने कार्यक्रम तय भएको संसद् सचिवालयले जनाएको छ। यस क्रममा सभामुख घिमिरेले नेम्वाङलाई प्रतिनिधि सभा सदस्यको लोगो लगाइदिने छन्।

शपथ ग्रहणको कार्यक्रम कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभाहल सिंहदरबारमा राखिएको छ। नेम्वाङ यही वैशाख १५ गते सम्पन्न उपनिर्वाचनमा इलाम २ बाट २७ हजार ७ सय ७२ मत पाएर विजयी भएका थिए। सुहाङ नेकपा एमालेका तत्कालीन उपाध्यक्ष सुवास नेम्वाङका छोरा हुन्। इलाम २ बाट निर्वाचित सुवासको निधन भएपछि त्यहाँ उपनिर्वाचन भएको हो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

फागुन २१ को निर्वाचनका लागि आज मनोनयन दर्ता सुरु
फागुन २१ को निर्वाचनका लागि आज मनोनयन दर्ता सुरु
प्रधानन्यायाधीश सिफारिसका लागि संवैधानिक परिषद्को बैठक बस्दै
प्रधानन्यायाधीश सिफारिसका लागि संवैधानिक परिषद्को बैठक बस्दै
धमाधम नियुक्त हुँदै सांसदका स्वकीय, योग्यतामा स्नातक अनिवार्य
धमाधम नियुक्त हुँदै सांसदका स्वकीय, योग्यतामा स्नातक अनिवार्य
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ
ललितपुर–३ मा तोसिमा कार्कीको अग्रता कायम
ललितपुर–३ मा तोसिमा कार्कीको अग्रता कायम
निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा, आज सुझाव संकलन
निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा, आज सुझाव संकलन
चाडपर्वलक्षित सुपथ मूल्य पसल सञ्चालन गर्ने सरकारको तयारी
चाडपर्वलक्षित सुपथ मूल्य पसल सञ्चालन गर्ने सरकारको तयारी
झापामा एक वर्षमा १२ सय ९६ दुर्घटना, ९५ जनाको मृ*त्यु
झापामा एक वर्षमा १२ सय ९६ दुर्घटना, ९५ जनाको मृ*त्यु
पर्सामा प्रधानमन्त्री अ‍ोलीलाई पहिर्‍याईयो १८० किलोको माला
पर्सामा प्रधानमन्त्री अ‍ोलीलाई पहिर्‍याईयो १८० किलोको माला
बारामा दुई थान कटुवा पेस्तोलसहित एक जना पक्राउ
बारामा दुई थान कटुवा पेस्तोलसहित एक जना पक्राउ