उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ
सारांश
- वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरू पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
- पक्राउ पर्नेहरूमा धनुषा घर भएका ४१ वर्षीय योगेन्द्र राउत यादव, भक्तपुर, भक्तपुर नगरपालिका–४ बस्ने २५ वर्षीया एलिसा मधिकर्मी, ललितपुर महानगरपालिका–१४ बस्ने दार्चुला घर भएका २९ वर्षीय हरिस सिंह महरा र काठमाडौं महानगरपालिका–३२ बस्ने बारा घर भएका ४५ वर्षीय राजेश प्रसाद जयसवाल रहेका छन् ।
- पक्राउ मध्ये योगेन्द्रले बेलायत पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख रूपैयाँ, एलिसाले दुबई पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५ लाख ५० हजार रूपैयाँ, हरिसले पोर्चुगल पठाइदिन्छु भन्दै १ जना पीडितबाट १० लाख ९१ हजार रूपैयाँ र राजेशले दुबई पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख ८५ हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरी परेको थियो ।
२२ असोज, काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरू पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा धनुषा घर भएका ४१ वर्षीय योगेन्द्र राउत यादव, भक्तपुर, भक्तपुर नगरपालिका–४ बस्ने २५ वर्षीया एलिसा मधिकर्मी, ललितपुर महानगरपालिका–१४ बस्ने दार्चुला घर भएका २९ वर्षीय हरिस सिंह महरा र काठमाडौं महानगरपालिका–३२ बस्ने बारा घर भएका ४५ वर्षीय राजेश प्रसाद जयसवाल रहेका छन् ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया