नयाँ दल दर्ताको निवेदन अवैधानिक : जसपा
२४ वैशाख, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले ‘अवैधानिक’ निवेदनका आधारमा दल विभाजन नहुने जिकिर गरेको छ ।
जसपा प्रवक्ता मनीष सुमनले सोमबार दिउँसो विज्ञप्ति जारी गर्दै दल विभाजनसम्बन्धी समाचारबारे पार्टीको ध्यानाकर्षण भएको जनाएका हुन् । हाल संसद् अधिवेशन आह्वान भइसकेको र दल विभाजनसम्बन्धी अध्यादेश खारेजको स्थितिमा रहेको उनले उल्लेख गरेका छन् । उनले बहुमत केन्द्रीय सदस्य पार्टीप्रति प्रतिबद्ध रहेको जिकिर गरेका छन् । आइतबार नेता अशोक राईको नेतृत्वमा केही केन्द्रीय सदस्य र सांसदले जसपाबाट अलग भई नयाँ पार्टी दर्ताका निम्ति निर्वाचन आयोगमा निवेदन दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment