दैलेखमा श्रीमती र ३ छोराछोरीमाथि बाबुले गरे बञ्चरो प्रहार, दुईले गुमाए ज्यान

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, मंसिर ६, २०८३
|
|
७३ पटक हेरिएको
Shares
दैलेखमा श्रीमती र ३ छोराछोरीमाथि बाबुले गरे बञ्चरो प्रहार, दुईले गुमाए ज्यान

सारांश

  • बाबुले बन्चरो प्रहार गर्दा दैलेखमा दुई सन्ताको मृत्यु भएको छ भने श्रीमतीसहित अर्का एक जना छोरा गम्भीर घाइते भएका छन् ।
  • चामुन्डा बिन्द्रासैनी नगरपालिका–३, पानीखोलाका ३८ वर्षीय अम्बर सलामी मगरले शनिबार बिहान करिब ९ : ३५ बजे परिवारका सदस्यमाथि बन्चरो चलाउँदा दुई जनाको मृत्यु भएको हो ।
  • उनले सामान्य घरायसी विवादका क्रममा आफ्नै श्रीमती र तीन जना सन्तानमाथि बन्चरो प्रहार गरी गम्भीर घाइते बनाएका थिए ।

 

५ मंसिर, सुर्खेत ।

बाबुले बन्चरो प्रहार गर्दा दैलेखमा दुई सन्ताको मृत्यु भएको छ भने श्रीमतीसहित अर्का एक जना छोरा गम्भीर घाइते भएका छन् । चामुन्डा बिन्द्रासैनी नगरपालिका–३, पानीखोलाका ३८ वर्षीय अम्बर सलामी मगरले शनिबार बिहान करिब ९ : ३५ बजे परिवारका सदस्यमाथि बन्चरो चलाउँदा दुई जनाको मृत्यु भएको हो । उनले सामान्य घरायसी विवादका क्रममा आफ्नै श्रीमती र तीन जना सन्तानमाथि बन्चरो प्रहार गरी गम्भीर घाइते बनाएका थिए ।

बन्चरो प्रहारबाट ३५ वर्षाीया श्रीमती मनीषा सलामी मगर, १२ वर्षीय छोरा तपेन्द्र सलामी, ६ वर्षीय छोरा मिलन सलामी र ३ वर्षीया छोरी करिश्मा सलामीको टाउकोमा गम्भीर चोट लागेको थियो ।

बन्चरो प्रहरबाट गम्भीर घाइते भएका उनीहरूलाई एम्बुलेन्समार्फत उपचारका लागि नगर अस्पताल दुल्लु पुर्‍याइएको थियो । तर उपचारका क्रममा १२ वर्षीय छोरा तपेन्द्र सलामी र ३ वर्षीया छोरी करिश्मा सलामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

गम्भीर घाइते भएका उनीहरूलाई चिकित्सकले जाँच गर्दा शनिबार बिहान ११:१० बजे मृत्यु भएको घोषणा गरेका थिए ।

श्रीमती मनीषा सलामी मगर र ६ वर्षीय छोरा मिलन सलामीको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि प्रदेश अस्पताल सुर्खेत रिफर गरिएको दैलेख प्रहरीले जनाएको छ  ।

घटनाबारे थप अनुसन्धान जारी रहेको र बन्चरो चलाउने व्यक्तिलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?