सर्लाहीमा ११ थान नक्कली नेपाली नोटसहित भारतीय नागरिक पक्राउ
सारांश
- सर्लाहीमा नक्कली नेपाली नोटसहित एक भारतीय नागरिक पक्राउ परेका छन्।
- जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार पर्सा गाउँपालिका–२ संग्रामपुर चौकस्थित चन्दन किराना पसलमा सामान खरिद गर्ने क्रममा नक्कली नोट दिएको आरोपमा भारतको सीतामढी, बेला थाना, वडा नं.
- १ नाराटोल बस्ने करिब ३० वर्षीय अब्दुल समसद पक्राउ परेका हुन्।
५ मंसिर, सर्लाही ।
सर्लाहीमा नक्कली नेपाली नोटसहित एक भारतीय नागरिक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार पर्सा गाउँपालिका–२ संग्रामपुर चौकस्थित चन्दन किराना पसलमा सामान खरिद गर्ने क्रममा नक्कली नोट दिएको आरोपमा भारतको सीतामढी, बेला थाना, वडा नं. १ नाराटोल बस्ने करिब ३० वर्षीय अब्दुल समसद पक्राउ परेका हुन्।

उनले किराना पसलमा सामान खरिद गर्दा दिएको १०० रुपैयाँको नोट नक्कली जस्तो देखिएपछि पसलेले प्रहरीलाई खबर गरेका थिए। त्यसपछि इलाका प्रहरी कार्यालय संग्रामपुरबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिई सोधपुछ तथा शरीर तलासी गरेको थियो। तलासीका क्रममा ११ थान नक्कली नेपाली नोट र ६ हजार ८३० रुपैयाँ सक्कली नेपाली नगद बरामद भएको प्रहरीले जनाएको छ। पक्राउ परेका व्यक्ति र बरामद नोटसहितको घटनाबारे जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया