सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

खल्तीको कर्मचारी भन्दै ठगी गर्ने ४ जना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, कार्तिक ११, २०८३
|
|
९८ पटक हेरिएको
Shares
खल्तीको कर्मचारी भन्दै ठगी गर्ने ४ जना पक्राउ

सारांश

  • मोबाइल बैंकिङ सेवा खल्तीको कर्मचारी भन्दै ठगी गर्ने चार जना पक्राउ परेका छन् ।
  • पक्राउ पर्नेमा सुभमकुमार झा, अनिकेतकुमार यादव, पवनकुमार चौधरी र रिशी गंगा छन् ।
  • उनीहरूलाई जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले पक्राउ गरेको हो ।

१० कात्तिक, काठमाडौं । मोबाइल बैंकिङ सेवा खल्तीको कर्मचारी भन्दै ठगी गर्ने चार जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सुभमकुमार झा, अनिकेतकुमार यादव, पवनकुमार चौधरी र रिशी गंगा छन् ।

उनीहरूलाई जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले पक्राउ गरेको हो । उनीहरूले ‘म खल्तीको कर्मचारी हुँ । तपाईंको केवाईसी अपडेट गर्नुपर्ने रहेछ । नत्र वालेट बन्द हुन्छ । तपाईंको बैंक अकाउन्ट वालेटमा लिंक गरिदिन्छु । व्यावसायिक खातामा रकम प्राप्त हुँदा रकम प्राप्त भएको आवाज आउने ई–स्पिकर बनाईदिन्छु, फन्ड ट्रान्सफर गर्दा चार्ज नलाग्ने बनाईदिन्छु’ जस्ता प्रलोभन देखाउने गरेको प्रहरीले बताएको छ ।

यसरी फोन तथा ह्वाट्सएपमा अडियो, भिडियो कल गरी विश्वासमा पारी स्क्रीन शेयर गर्न लगाई ओटीपी कोड समेत लिई बैंक खातामा अनधिकृत पहुँच पुर्‍याएर ठगी गरेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?