एक सातापछि धरौटी बुझाएर छुटे दिपेश पुन

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, बैशाख १४, २०८१
|
|
५६ पटक हेरिएको
Shares
एक सातापछि धरौटी बुझाएर छुटे दिपेश पुन

सारांश

  • सहकारी ठगीको आरोपमा पक्राउ परेका दिपेश पुन थुनामुक्त भएका छन् ।
  • जिल्ला अदालत, रुपन्देहीमा ४ लाख रुपैयाँ धरौटी बुझाएपछि उनलाई छाडिएको एसपी रञ्जितसिंह राठौरले  बताए ।
  • एक साताअघि अदालतले पुनसहित ६ जनालाई धरौटीमा छाड्न आदेश दिए पनि रकम जम्मा नगरेपछि उनी पुर्पक्षका लागि जेल चलान भएका थिए ।

१४ वैशाख, काठमाडौं । सहकारी ठगीको आरोपमा पक्राउ परेका दिपेश पुन थुनामुक्त भएका छन् ।

जिल्ला अदालत, रुपन्देहीमा ४ लाख रुपैयाँ धरौटी बुझाएपछि उनलाई छाडिएको एसपी रञ्जितसिंह राठौरले  बताए । एक साताअघि अदालतले पुनसहित ६ जनालाई धरौटीमा छाड्न आदेश दिए पनि रकम जम्मा नगरेपछि उनी पुर्पक्षका लागि जेल चलान भएका थिए । तर, शुक्रबार उनले रकम जम्मा गरेपछि छुटेका हुन् । ‘उनले किन पहिले बुझाएनन् भन्ने थाहा भएन’, राठौरले भने, ‘आज जम्मा गरेपछि अरू मुद्दा नभएकाले छुटेका छन् ।’

पुनबारे प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धान गरिरहेको छ । तर, उनीविरुद्ध पक्राउ पूर्जी जारी नभएकाले तत्काल नियन्त्रणमा नलिइएको सीआईबी दाबी छ । यद्यपि, प्रहरी प्रधान कार्यालय स्रोत भने पुनले आफैं हाजिर हुने बताएकाले उनलाई तत्काल नियन्त्रणमा नलिइएको दाबी गर्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

डाइनामिक टेक्नोसफ्ट १६ औँ वर्षमा प्रवेश, दुबई, मलेसिया र इन्डोनेसियामा पनि सेवा विस्तार गर्दै
डाइनामिक टेक्नोसफ्ट १६ औँ वर्षमा प्रवेश, दुबई, मलेसिया र इन्डोनेसियामा पनि सेवा विस्तार गर्दै
संसद बैठक चार बजेलाई सर्‍यो
संसद बैठक चार बजेलाई सर्‍यो
म्यानमारमा १८० विदेशीसहित पाँच हजार बढी कैदी रिहा हुँदै
म्यानमारमा १८० विदेशीसहित पाँच हजार बढी कैदी रिहा हुँदै
इरानलाई ट्रम्पको चेतावनी : प्रदर्शनकारीमाथि दमन भए कारबाही गर्छौं
इरानलाई ट्रम्पको चेतावनी : प्रदर्शनकारीमाथि दमन भए कारबाही गर्छौं
गृहमन्त्रीको अभिव्यक्तिमा प्रधानमन्त्रीको जवाफ माग
गृहमन्त्रीको अभिव्यक्तिमा प्रधानमन्त्रीको जवाफ माग
राष्ट्रपति पौडेलसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट   
राष्ट्रपति पौडेलसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट   
जापानमा प्राविधिक कामदार पठाउने निर्देशिका खारेजको तयारी
जापानमा प्राविधिक कामदार पठाउने निर्देशिका खारेजको तयारी
लागुऔषध नियन्त्रणका लागि छुट्टै विभाग स्थापना हुन्छ : गृहमन्त्री
लागुऔषध नियन्त्रणका लागि छुट्टै विभाग स्थापना हुन्छ : गृहमन्त्री
सुनचाँदीको मूल्य बढ्यो
सुनचाँदीको मूल्य बढ्यो
रिंकुसदा मृत्यु प्रकरण : जबर्जस्ती करणीसहित ४ वटा मुद्दामा अनुसन्धान सुरु
रिंकुसदा मृत्यु प्रकरण : जबर्जस्ती करणीसहित ४ वटा मुद्दामा अनुसन्धान सुरु