संसद्को कार्यसूचीबाट हट्यो भ्रष्टाचार विधेयक

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, माघ २९, २०८१
|
|
२९ पटक हेरिएको
Shares
संसद्को कार्यसूचीबाट हट्यो भ्रष्टाचार विधेयक

सारांश

  • प्रतिनिधि सभाको कार्यसूचीबाट भ्रष्टाचार विधेयक अगाडि बढाउने कार्यक्रम हटेको छ ।
  • सोमबार सार्वजसनक सम्भावित कार्यसूचीमा प्रधानमन्त्री केपी शर्मा ओलीले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहित भ्रष्टाचार निवारण ऐन सम्बन्धी संशोधन विधेयकमाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने उल्लेख थियो ।
  • छलफलपछि विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने उल्लेख थियो ।

२९ माघ, काठमाडौं । प्रतिनिधि सभाको कार्यसूचीबाट भ्रष्टाचार विधेयक अगाडि बढाउने कार्यक्रम हटेको छ । सोमबार सार्वजसनक सम्भावित कार्यसूचीमा प्रधानमन्त्री केपी शर्मा ओलीले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहित भ्रष्टाचार निवारण ऐन सम्बन्धी संशोधन विधेयकमाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने उल्लेख थियो ।

छलफलपछि विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने उल्लेख थियो । मंगलबार सार्वजनिक दैनिक कार्यसूची बन्दा भ्रष्टाचार सम्बन्धी विधेयक अगाडि बढाउने कार्यक्रम हटेको छ । यो विधेयक ६ माघ २०७६ मा राष्ट्रियसभामा दर्ता भएको थियो ।  त्यसबेला वर्तमान प्रधानमन्त्री ओली नै प्रधानमन्त्री थिए । उनै विधेयक राष्ट्रिय सभामा दर्ता गरेका हुन् । यो विधेयक २७ चैत २०७९ मा पास भएर प्रतिनिधिसभामा आए ।  प्रतिनिधिसभामा आएको थियो ।

प्रतिनिधिसभाले सैद्धान्तिक छलफल गरेर ३१ भदौ २०८० मा विधेयकलाई राज्य व्यवस्था समितिमा पठाएको थियो । राज्य व्यवस्था समितिले संसदीय उपसमिति बनाएर छलफल चलाएको थियो । १८ पुस २०८१ मा राज्य व्यवस्था समितिले भ्रष्टाचारसम्बन्धी विधेयक पारित गर्‍यो । त्यसपछि प्रतिनिधि ससभामा पुगेर अड्किएको छ । प्रतिनिधि सभाले मंगलबार पारित गर्ने सम्भावित कार्यसूची नै तय गरेको थियो । तर, अन्तिममा हटाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जलवायु परिवर्तनको संकट आउनुमा नेपालको भूमिका छैन : प्रधानमन्त्री ओली
जलवायु परिवर्तनको संकट आउनुमा नेपालको भूमिका छैन : प्रधानमन्त्री ओली
म सरकारमा हुँदा भ्रष्टाचार गरिन्, गर्नपनि दिइँन् : केपी ओली
म सरकारमा हुँदा भ्रष्टाचार गरिन्, गर्नपनि दिइँन् : केपी ओली
इजरायलबाट फर्केका विपिनकी आमा र बहिनीले भेटे प्रधानमन्त्री
इजरायलबाट फर्केका विपिनकी आमा र बहिनीले भेटे प्रधानमन्त्री
वडाध्यक्षले गरे कर्मचारीमाथि हातपात, पोखरा महानगरपालिकाको कामकाज ठप्प
वडाध्यक्षले गरे कर्मचारीमाथि हातपात, पोखरा महानगरपालिकाको कामकाज ठप्प
गृह मन्त्रालयलाई त्रिविको अपिल : तोडफोड गर्नेलाई कारबाही होस्
गृह मन्त्रालयलाई त्रिविको अपिल : तोडफोड गर्नेलाई कारबाही होस्
पूर्वगृहमन्त्री रविको बन्दीप्रत्यक्षीकरण निवेदनमाथि आज सुनुवाइ हुँदै
पूर्वगृहमन्त्री रविको बन्दीप्रत्यक्षीकरण निवेदनमाथि आज सुनुवाइ हुँदै
चामल किन्न नपरेको अभिव्यक्तिका कारण कृषिमन्त्रीले दिए राजीनामा
चामल किन्न नपरेको अभिव्यक्तिका कारण कृषिमन्त्रीले दिए राजीनामा
मधेश विश्वविद्यालयको चौथो विश्वविद्यालय सभा सम्पन्न
मधेश विश्वविद्यालयको चौथो विश्वविद्यालय सभा सम्पन्न
भिजिट भिसा प्रकरण : छानबिन समितिप्रति रास्वपा असन्तुष्ट, थप निर्णय गर्न बैठक बस्दै
भिजिट भिसा प्रकरण : छानबिन समितिप्रति रास्वपा असन्तुष्ट, थप निर्णय गर्न बैठक बस्दै
बालेन शाहले झापा -५ मा गराए उम्मेदवारी दर्ता
बालेन शाहले झापा -५ मा गराए उम्मेदवारी दर्ता