२६ जेष्ठ २०८२, आईतवार

सोलुखुम्बु मालपोतका तत्कालीन खरिदार र नापीका अमिनसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

१४ वैशाख, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय सोलुखुम्बुका तत्कालीन खरिदार तेजनाथ पौडेलसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

सरकारी जग्गा व्यक्तिको नाममा गराएको आरोपमा शुक्रवार उनीहरूविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ । आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार सोलुखुम्बुको साबिक जुभिङ्ग गाविस वडा नम्बर ५ को कित्ता नम्बर ५७९ र ५८१ को सरकारी जग्गा नक्कली श्रेस्ता खडा गरी/गराई व्यक्तिको नाममा दर्ता गरिएको थियो । आयोगले उनीविरुद्ध ६ लाख १८ हजार रुपैयाँ बिगो कायम गरी कैद र बिगो बमोजिम जरिवानाको सजाय मागदाबी गरेको छ ।

यस्तै आयोगले सोलुखुम्बु नापीका तत्कालीन अमिन टंकप्रसाद निरौला, खुम्बु पासाङल्हामु गाउँपालिका १ की बस्ने बुद्धमाया थापा मगर र उनको नाती रामकृष्ण थापा मगरलाई पनि प्रतिवादी बनाएको छ । साथै फुरगेल्जे शेर्पा, ङिम याङजी शेर्पा, ल्हाक्पादिकी शेर्पा, पेम्बा शेर्पा, ल्हाक्पा गेल्जेन शेर्पा, शर्मिला राई र स्व. मिङमाल्हमू शेर्पालाई पनि आयोगले प्रतिवादी बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment