आन्द्रे रसेलले विराटनगर किंग्सबाट एनपीएल खेल्ने

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, कार्तिक २, २०८३
|
|
१२७ पटक हेरिएको
Shares
आन्द्रे रसेलले विराटनगर किंग्सबाट एनपीएल खेल्ने

सारांश

  • विराटनगर किंग्सबाट उनले खेल्ने पक्का भएको हो।
  • क्लबले आफ्नो फेसबुक पेजमा रसेलसम्बन्धी भिडिओ सेयर गर्दै यसको पुष्टि गरेको छ।
  • ३८ वर्षीय यी चर्चित खेलाडीको आगमनले विराटनगरको टोली थप बलियो बनेको छ।

चर्चित वेस्ट इन्डियन खेलाडी आन्द्रे रसेलले नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणमा खेल्ने भएका छन्।

विराटनगर किंग्सबाट उनले खेल्ने पक्का भएको हो। क्लबले आफ्नो फेसबुक पेजमा रसेलसम्बन्धी भिडिओ सेयर गर्दै यसको पुष्टि गरेको छ।

३८ वर्षीय यी चर्चित खेलाडीको आगमनले विराटनगरको टोली थप बलियो बनेको छ।

रसेल दायाँहाते ब्याट्सम्यान हुन्। उनी दायाँहाते फास्ट बलर समेत हुन्।

अलराउन्डर रसेलले विश्व क्रिकेटका चर्चित अधिकांश लिगहरु खेलिसकेका छन्। जमैकाका उनी दुईपटकका टी२० विश्व च्याम्पियन समेत हुन्।

सन् २०१२ मा आईपीएल (भारत)मा दिल्ली डेयरडेभिल्सबाट डेब्यु गरेका थिए। सन् २०१४ देखि उनी कोलकाता नाइट राइडर्समा छन्। केकेआरका लागि उनले २४ सय रन पूरा गरेका छन् भने सयभन्दा धेरै विकेट लिएका छन्। आईपीएलका चार सिजनमा उनले ३०० भन्दा धेरै रन बनाएका छन्।

उनले केकेआरका लागि २०२३ को सिजनमा सयौँ खेल खेलेका थिए।

रसेलले ओडीआईमा १०३४, टी२० आईमा ११ सय २२, लिस्ट एमा १९५३ रन बनाएका छन्। बलिङतर्फ उनले ओडीआईमा ७०, टी२०आईमा ६१ र लिस्ट एमा १३१ विकेट लिएका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अब विशेष महाधिवेशनको विकल्प छैन : गगन थापा
अब विशेष महाधिवेशनको विकल्प छैन : गगन थापा
आजको मौसम पूर्वानुमान : कोशी, मधेस प्रदेशमा वर्षात् हुने
आजको मौसम पूर्वानुमान : कोशी, मधेस प्रदेशमा वर्षात् हुने
शिक्षा नीति तथा कानून निर्माणमा निजी क्षेत्रको सहभागिता अनिवार्य र सुनिश्चित गर्न माग
शिक्षा नीति तथा कानून निर्माणमा निजी क्षेत्रको सहभागिता अनिवार्य र सुनिश्चित गर्न माग
अर्थतन्त्र सुधार्न सरकार निरन्तर लागिरहेको छ : अर्थमन्त्री पौडेल
अर्थतन्त्र सुधार्न सरकार निरन्तर लागिरहेको छ : अर्थमन्त्री पौडेल
यातायात व्यवसायीले भोलिदेखि आन्दोलन थप सशक्त बनाउने
यातायात व्यवसायीले भोलिदेखि आन्दोलन थप सशक्त बनाउने
सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा शासनमा बसेर खराब गर्नेलाई दण्डित गर्ने अधिकार छ : राष्ट्रपति
सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा शासनमा बसेर खराब गर्नेलाई दण्डित गर्ने अधिकार छ : राष्ट्रपति
प्रधानमन्त्री प्रचण्ड कोप-२८ मा भाग लिन दुबईमा
प्रधानमन्त्री प्रचण्ड कोप-२८ मा भाग लिन दुबईमा
इजरायलद्वारा ‘वेस्ट बैंक’ मा ठूलो आक्रमण, कम्तीमा ११ जनाको ज्यान गयो
इजरायलद्वारा ‘वेस्ट बैंक’ मा ठूलो आक्रमण, कम्तीमा ११ जनाको ज्यान गयो
बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?
बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?
स्वयम्भू र बौद्धनाथको दर्शन गरेर स्वदेश फर्किए भुटानी राजा
स्वयम्भू र बौद्धनाथको दर्शन गरेर स्वदेश फर्किए भुटानी राजा
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध

नेपाली मिति लोड हुँदैछ...