प्रधानमन्त्री बालेन काभ्रेमा, पलाञ्चोक भगवतीको दर्शन

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, आश्विन २८, २०८३
|
|
५१ पटक हेरिएको
Shares
प्रधानमन्त्री बालेन काभ्रेमा, पलाञ्चोक भगवतीको दर्शन

सारांश

  • प्रधानमन्त्री बालेन्द्र शाहले काभ्रेमा अवस्थित प्रसिद्ध धार्मिकस्थल पलाञ्चोक भगवती मन्दिरको दर्शन गरेका छन् ।
  • आफ्ना राजनीतिक सल्लाहकार कुमार बेन र पूर्वाधार विकासमन्त्री सुनील लम्सालसँगै प्रधानमन्त्री शाह बुधबार बिहान पलाञ्चोक भगवती मन्दिर पुगेका हुन् ।
  • पलाञ्चोक भगवतीको नित्य पूजाको समयमा मन्दिर पुगेका प्रधानमन्त्री शाहले भगवतीको दर्शन गरी फर्किएको पाँचखाल–९ का वडा अध्यक्ष रामकाजी श्रेष्ठले जानकारी दिए ।

 

२८ असोज, काभ्रेपलाञ्चोक ।

प्रधानमन्त्री बालेन्द्र शाहले काभ्रेमा अवस्थित प्रसिद्ध धार्मिकस्थल पलाञ्चोक भगवती मन्दिरको दर्शन गरेका छन् । आफ्ना राजनीतिक सल्लाहकार कुमार बेन र पूर्वाधार विकासमन्त्री सुनील लम्सालसँगै प्रधानमन्त्री शाह बुधबार बिहान पलाञ्चोक भगवती मन्दिर पुगेका हुन् ।

पलाञ्चोक भगवतीको नित्य पूजाको समयमा मन्दिर पुगेका प्रधानमन्त्री शाहले भगवतीको दर्शन गरी फर्किएको पाँचखाल–९ का वडा अध्यक्ष रामकाजी श्रेष्ठले जानकारी दिए ।प्रधानमन्त्री शाहको पलाञ्चोक भ्रमणबारे जिल्लास्थित सुरक्षा निकायलाई समेत पूर्वजानकारी गराइएको थिएन । स्रोतका अनुसार प्रधानमन्त्री शाहसँगका सुरक्षाकर्मी समेत सिभिलमा थिए ।

नवरात्र सुरु भएसँगै पलाञ्चोक भगवती मन्दिरमा धार्मिक गतिविधि बढ्ने गरेको छ । पलाञ्चोक भगवतीलाई नेपालका प्रसिद्ध शक्तिपीठमध्ये एक मानिन्छ । विशेषगरी नवरात्रका अवसरमा यहाँ भक्तजनहरूको उल्लेख्य उपस्थिति रहने गरेको छ ।

पलाञ्चोक भगवती मन्दिरमा प्रत्येक वर्ष नवरात्रको अष्टमीका दिन राष्ट्रप्रमुखले दर्शन गर्ने परम्परा रहँदै आएको छ । धार्मिक र ऐतिहासिक महत्त्वको यस मन्दिरमा प्रधानमन्त्री शाहले पनि दर्शन गरेका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध
 गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध
नेपाली मिति लोड हुँदैछ...