उच्च शिक्षा सुधारका लागि नीतिगत र संरचनागत सुधारको काम भइरहेको छ : मन्त्री पोखरेल 

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, आश्विन २०, २०८३
|
|
९५ पटक हेरिएको
Shares
उच्च शिक्षा सुधारका लागि नीतिगत र संरचनागत सुधारको काम भइरहेको छ : मन्त्री पोखरेल 

सारांश

  • शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले उच्च शिक्षा सुधारका लागि नीतिगत र संरचनागत सुधारको काम तीव्र गतिमा भइरहेको बताएका छन् ।
  • शिक्षा तथा खेलकुद मन्त्रालयद्वारा सिमरामा आयोजित उच्चस्तरीय संवाद कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले नयाँ ऐन निर्माणसँगै राष्ट्रिय पाठ्यक्रम प्रारूपको कामलाई पनि सँगसँगै अघि बढाइएको स्पष्ट पारे ।
  • मधेश प्रदेशको शैक्षिक अवस्थालाई विशेष रूपमा इङ्गित गर्दै मन्त्री पोखरेलले भने, ‘मधेश प्रदेशमा शिक्षा निकै पछि परेको सन्दर्भमा ग्राउन्डको वास्तविक आवाजले सुधारमा ठुलो सहयोग पुग्छ ।

 

सिमरा । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले उच्च शिक्षा सुधारका लागि नीतिगत र संरचनागत सुधारको काम तीव्र गतिमा भइरहेको बताएका छन् ।

शिक्षा तथा खेलकुद मन्त्रालयद्वारा सिमरामा आयोजित उच्चस्तरीय संवाद कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले नयाँ ऐन निर्माणसँगै राष्ट्रिय पाठ्यक्रम प्रारूपको कामलाई पनि सँगसँगै अघि बढाइएको स्पष्ट पारे ।

मधेश प्रदेशको शैक्षिक अवस्थालाई विशेष रूपमा इङ्गित गर्दै मन्त्री पोखरेलले भने, ‘मधेश प्रदेशमा शिक्षा निकै पछि परेको सन्दर्भमा ग्राउन्डको वास्तविक आवाजले सुधारमा ठुलो सहयोग पुग्छ । हामी अहिले नीतिगत सुधारमा सक्रिय रूपमा काम गरिरहेका छौँ, नयाँ ऐन निर्माण, पाठ्यक्रम प्रारूप परिमार्जनको चरणमा छौँ तथा सम्पूर्ण विश्वविद्यालयहरूको ऐन निर्माणमा जुटेका छौँ । यहाँबाट आएका सम्पूर्ण रायसुझावलाई आगामी नीतिहरूमा समेटिनेमा हामी पूर्ण विश्वस्त छौँ ।’

उनले काठमाडौंको कोठामा मात्र बसेर नीति बनाउँदा स्थानीय आवश्यकता छुट्ने भएकोले जनप्रतिनिधि र सरोकारवालाहरूसँग प्रत्यक्ष संवाद गरेर धरातलीय यथार्थ बुझ्न यो कार्यक्रम महत्त्वपूर्ण रहेको दोहोर्याए ।

विश्वविद्यालयहरूको सञ्चालन, विस्तार र विशिष्टीकरणको सन्दर्भमा मन्त्री पोखरेलले गम्भीर प्रश्न उठाउँदै भने, ‘धेरै विश्वविद्यालय खोलेर मात्रै हुँदैन, विशिष्टीकृत विश्वविद्यालय बनाउनेतर्फ हाम्रो ध्यान जानुपर्छ । १५ वटा विश्वविद्यालय हुँदा पनि सबैले उही पुराना विषय मात्र पढाउने हो भने विश्वविद्यालय खुल्नुको अर्थ रहँदैन ।’

प्राविधिक शिक्षा र विद्यालय तहको रूपान्तरणबारे बोल्दै मन्त्री पोखरेलले प्रधानमन्त्रीको चाहना अनुरूप मधेशमा विश्वस्तरीय विद्यालयहरूको अवधारणा अघि सारिएको बताए ।

सिटिइभिटी र नर्सिङ शिक्षामा देखिएका भ्रम तथा समस्याहरूको चर्चा गर्दै उनले भारतमा कक्षा १० पछि नर्सिङ मान्यता नभएको यथार्थ स्पष्ट पार्नुभयो र नेपालमा यसको कोटा तथा सम्बन्धनसम्बन्धी समस्याहरू नयाँ नेतृत्व र बन्ने नयाँ ऐनमार्फत छिट्टै समाधान हुने विश्वास दिलाए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाल–बेलायत सांसदहरुबीच मैत्रीपूर्ण क्रिकेट खेल हुने 
नेपाल–बेलायत सांसदहरुबीच मैत्रीपूर्ण क्रिकेट खेल हुने 
राजेश हमालको निर्देशनमा फिल्म बनाउने भन्दै भ्रष्टाचार, गाउँपालिका अध्यक्षसहित ४ जनाविरुद्ध मुद्दा
राजेश हमालको निर्देशनमा फिल्म बनाउने भन्दै भ्रष्टाचार, गाउँपालिका अध्यक्षसहित ४ जनाविरुद्ध मुद्दा
सिद्धार्थ राजमार्ग सुधार गर्न २ मिलियन अमेरकी डलर अनुदान
सिद्धार्थ राजमार्ग सुधार गर्न २ मिलियन अमेरकी डलर अनुदान
नक्कली नागरिकता प्रकरणमा सर्लाहीका वडा अध्यक्ष सुवोध राय पक्राउ
नक्कली नागरिकता प्रकरणमा सर्लाहीका वडा अध्यक्ष सुवोध राय पक्राउ
आजदेखि लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन
आजदेखि लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन
आज राति बागमती प्रदेशका पहाडी भागमा भारी वर्षा हुने पूर्वानुमान
आज राति बागमती प्रदेशका पहाडी भागमा भारी वर्षा हुने पूर्वानुमान
अदालतको सेवा एक दिन पनि रोक्न मिल्दैन : प्रधानमन्त्री कार्की
अदालतको सेवा एक दिन पनि रोक्न मिल्दैन : प्रधानमन्त्री कार्की
युवाको चौतर्फी विकासमा सरकार प्रतिवद्ध छ : प्रधानमन्त्री
युवाको चौतर्फी विकासमा सरकार प्रतिवद्ध छ : प्रधानमन्त्री
राष्ट्रियसभ बैठक बस्दै, यस्तो छ कार्यसूची
राष्ट्रियसभ बैठक बस्दै, यस्तो छ कार्यसूची
दाङमा सर्पको टोकाइबाट एक जनाको मृ*त्यु
दाङमा सर्पको टोकाइबाट एक जनाको मृ*त्यु