सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

राष्ट्रियसभामा लुम्बिनीबाट सुवेदी र सापकोटा विजयी

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, माघ ११, २०८०
|
|
४६ पटक हेरिएको
Shares
राष्ट्रियसभामा लुम्बिनीबाट सुवेदी र सापकोटा विजयी

सारांश

  • राष्ट्रिय सभा सदस्य चुनाव अन्तर्गत लुम्बिनी प्रदेशबाट सत्ता गठबन्धनका दुबै उम्मेदवार विजयी भएका छन् ।
  • महिलातर्फ कांग्रेसकी विष्णुकुमारी सापकोटा निर्वाचित भएकी छन् ।
  • सापकोटाले ५४३५ मत भार प्राप्त गरी विजयी हुँदा नेकपा एमालेकी तुलसा केसीले २८६७ मतभार प्राप्त गरेकी निर्वाचन अधिकृत कुलप्रसाद पाण्डेले बताए ।

११ माघ,बुटवल । राष्ट्रिय सभा सदस्य चुनाव अन्तर्गत लुम्बिनी प्रदेशबाट सत्ता गठबन्धनका दुबै उम्मेदवार विजयी भएका छन् ।

महिलातर्फ कांग्रेसकी विष्णुकुमारी सापकोटा निर्वाचित भएकी छन् । सापकोटाले ५४३५ मत भार प्राप्त गरी विजयी हुँदा नेकपा एमालेकी तुलसा केसीले २८६७ मतभार प्राप्त गरेकी निर्वाचन अधिकृत कुलप्रसाद पाण्डेले बताए । गुल्मीकी सापकोटा संस्थापन इतरकी हुन् । सुरुमा उनको ठाउँमा संस्थापन पक्षले अर्घाखाँचीकी पुष्पा भुसाललाई उम्मेदवार बनाउने तयारी गरेको थियो तर संस्थापन इतरले चर्को विरोध गरेपछि अन्तिममा सापकोटालाई टिकट दिइएको थियो ।अन्य तर्फ माओवादी केन्द्रका झक्कुप्रसाद सुवेदी निर्वाचित भएका छन् । रोल्पाका सुवेदीले नेकपा एमालेका झपेन्द्र जीसीलाई पराजित गरेका हुन् ।

अन्य तर्फको मत परिणाम औपचारिक रुपमा घोषणा हुन बाँकी छ । दुई पदमा ६ जनाले प्रतिस्पर्धा गरेका थिए । जनमत पार्टीको तर्फबाट अन्य क्लस्टरमा नवलपरासीका बालगोविन्द चौधरी उम्मेदवार थिए । भने महिलातर्फ राप्रपाकी विजयालक्ष्मी सिंह उम्मेदवार थिइन् । लुम्बिनी प्रदेशमा १०९ स्थानीय तहका प्रमुख र उपप्रमुख गरी २१८ जना र प्रदेशसभाका ८७ जना सांसद मतदाता थिए । ३०५ जना मतदाता रहेकोमा प्रदेश सभा तर्फबाट सबै ८७ मत खसेको र स्थानीय तहका २१८ मतमध्ये २१६ मत गरी ३०३ मत खसेको थियो । प्रदेश सभाका सदस्यको प्रति मतदाता मतभार ५३ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको प्रति मतदाता मतभार १९ रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दुई छोरासहित हमासका वरिष्ठ नेता ड्रोन आक्रमणमा मारिए
दुई छोरासहित हमासका वरिष्ठ नेता ड्रोन आक्रमणमा मारिए
मारवाडी समुदायमाथि भइरहेको अन्यायले स्वदेशी पूँजी निरुत्साहितः महन्थ ठाकुर
मारवाडी समुदायमाथि भइरहेको अन्यायले स्वदेशी पूँजी निरुत्साहितः महन्थ ठाकुर
संविधानको रक्षाका लागि मधेस उठ्नुपर्छ : उपप्रधानमन्त्री खड्का
संविधानको रक्षाका लागि मधेस उठ्नुपर्छ : उपप्रधानमन्त्री खड्का
सभापति कप फुटबल विजेतालाई २६ लाख
सभापति कप फुटबल विजेतालाई २६ लाख
सर्लाही–४ मा‌ नेकपा बाट अभनिश‌ यादव एकल उम्मेदवार सिफारिस
सर्लाही–४ मा‌ नेकपा बाट अभनिश‌ यादव एकल उम्मेदवार सिफारिस
शिक्षा मन्त्रालयका लागि सरकारले छुट्यायो २ खर्ब १८ करोड बजेट
शिक्षा मन्त्रालयका लागि सरकारले छुट्यायो २ खर्ब १८ करोड बजेट
सुनको मूल्य तोलामा २ हजार १ सय बढ्यो
सुनको मूल्य तोलामा २ हजार १ सय बढ्यो
कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान
कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान
सरकारले औपचारिकाताका लागि मात्रै नीति तथा कार्यक्रम ल्याएको देखियो : अध्यक्ष लिङ्देन
सरकारले औपचारिकाताका लागि मात्रै नीति तथा कार्यक्रम ल्याएको देखियो : अध्यक्ष लिङ्देन
मधेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै
मधेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै