भारतबाट उद्धार गरिएका दिपेन्द्र एक वर्षपछि घर फर्किए
सारांश
- सर्लाहीको बलरा नगरपालिका–२ का दिपेन्द्र पासमान करिब एक वर्षपछि आमाबुबाको काखमा फर्किएका छन्।
- भुटा पासमानका छोरा दिपेन्द्र भारतको बिहार राज्यस्थित सीतामढीको एक होटलमा काम गरिरहेको अवस्थामा उद्धार गरिएका थिए।
- उनलाई होटलबाट उद्धार गरी भारतको मुजफ्फरपुरस्थित जिल्ला बाल संरक्षण इकाई (District Child Protection Unit) मा लगिएको थियो।
१८ असोज, सर्लाही । सर्लाहीको बलरा नगरपालिका–२ का दिपेन्द्र पासमान करिब एक वर्षपछि आमाबुबाको काखमा फर्किएका छन्।
भुटा पासमानका छोरा दिपेन्द्र भारतको बिहार राज्यस्थित सीतामढीको एक होटलमा काम गरिरहेको अवस्थामा उद्धार गरिएका थिए। उनलाई होटलबाट उद्धार गरी भारतको मुजफ्फरपुरस्थित जिल्ला बाल संरक्षण इकाई (District Child Protection Unit) मा लगिएको थियो।
त्यसपछि आवश्यक कानुनी प्रक्रिया तथा कागजात पूरा गर्न समय लाग्दा दिपेन्द्र करिब एक वर्षसम्म भारतमै रहेका थिए।
आवश्यक सम्पूर्ण प्रक्रिया पूरा भएपछि Kin India को सहयोगमा उनलाई नेपाल ल्याइएको हो। नेपाल ल्याइएपछि आइतबार सर्लाही जिल्ला प्रहरी कार्यालय, मलंगवामा आवश्यक प्रक्रिया पूरा गरी दिपेन्द्रलाई उनका आमा–बुबाको जिम्मा लगाइएको हो।
<span;>लामो समयपछि छोरा घर फर्किएपछि परिवारमा खुसी छाएको छ।
प्रतिक्रिया