राहदानी विभागको सर्भर डाउन, कर्मचारी भन्छन्– ‘इन्टरनेटमा समस्या देखियो’

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, आश्विन १५, २०८३
|
|
८१ पटक हेरिएको
Shares
राहदानी विभागको सर्भर डाउन, कर्मचारी भन्छन्– ‘इन्टरनेटमा समस्या देखियो’

सारांश

  • त्रिपुरेश्वरस्थित राहदानी विभागको सर्भर डाउन भएको छ ।
  • कर्मचारीहरुले भने ‘इन्टरनेट डाउन’ भएका कारण सेवा प्रभावित भएको बताएका छन् ।
  • विभागका एक उच्च अधिकारीले  भने, ‘इन्टरनेटमा समस्या देखिएको छ ।

१५ असोज, काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभागको सर्भर डाउन भएको छ । कर्मचारीहरुले भने ‘इन्टरनेट डाउन’ भएका कारण सेवा प्रभावित भएको बताएका छन् ।

विभागका एक उच्च अधिकारीले  भने, ‘इन्टरनेटमा समस्या देखिएको छ । त्यसलाई बनाउन सुबिसुका कर्मचारीहरु आउनु भएको छ ।’

उनका अनुसार इन्टरनेटमा समस्या आउँदा वायोमेट्रिक लगायतका काम प्रभावित भएको छ । यद्यपि अफलाइनमा हुने अन्य कामहरु भने भइरहेको ती कर्मचारीले बताए ।

राहदानी विभागले भने यो समचार तयार पार्दासम्म औपचारिक रुपमा केही जानकारी दिएको छैन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?