बेत्रावती खण्डमा पैदल यात्रु आवागमन रोकेर ट्र्याक खोलिँदै

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, आश्विन १५, २०८३
|
|
२१९ पटक हेरिएको
Shares
बेत्रावती खण्डमा पैदल यात्रु आवागमन रोकेर ट्र्याक खोलिँदै

सारांश

  • गल्छी रसुवागढी सडक अन्तर्गत उत्तरगया स्कुलदेखि बेत्रावतीसम्म सडकको ट्र्याक खोल्ने प्रयोजनका लागि पैदल यात्रु आवागमन समेत रोकिएको छ ।
  • बिहान ६ देखि साँझ ६ बजेसम्म हरेक २ घण्टाको बीचमा १५/२० मिनेटमात्र पैदल यात्रुलाई आवतजावत अनुमति दिने गरी व्यवस्था मिलाइएको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक योजनाले जनाएको छ ।
  • यस स्थानमा ट्र्याक खोल्ने काम भइरहेको समयमा पैदल यात्रु जुनसुकै बेला काम भइरहेको स्थानबाट आवतजावत गर्दा ट्र्याक खोल्ने काममा ढिला भएको योजनाले जनाएको छ ।

१५ असोज, काठमाडौं । गल्छी रसुवागढी सडक अन्तर्गत उत्तरगया स्कुलदेखि बेत्रावतीसम्म सडकको ट्र्याक खोल्ने प्रयोजनका लागि पैदल यात्रु आवागमन समेत रोकिएको छ ।

बिहान ६ देखि साँझ ६ बजेसम्म हरेक २ घण्टाको बीचमा १५/२० मिनेटमात्र पैदल यात्रुलाई आवतजावत अनुमति दिने गरी व्यवस्था मिलाइएको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक योजनाले जनाएको छ ।

यस स्थानमा ट्र्याक खोल्ने काम भइरहेको समयमा पैदल यात्रु जुनसुकै बेला काम भइरहेको स्थानबाट आवतजावत गर्दा ट्र्याक खोल्ने काममा ढिला भएको योजनाले जनाएको छ ।

यसले असुरक्षा समेत भएको भन्दै पैदल यात्रु आवतजावतमा कडाइ गरिएको हो । रातको समयमा समेत यो खण्डमा यात्रा नगर्न सूचित गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?