बारामा दुई थान कटुवा पेस्तोलसहित एक जना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, आश्विन १३, २०८३
|
|
७७ पटक हेरिएको
Shares
बारामा दुई थान कटुवा पेस्तोलसहित एक जना पक्राउ

सारांश

  • बाराको सिम्रौनगढ–२ स्थित सलेमपुरबाट हिजो साँझ साँझ सशस्त्र प्रहरीले दुई थान कटुवा पेस्तोलसहित एक जनालाई नियन्त्रणमा लिएको छ ।
  • अमृतगञ्जका ५० वर्षीय जय प्रकाश कुसवाह पेस्तोलसहित समातिएका हुन् ।
  • एपीएफ इन्टेलिजेन्स व्यूरोको विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट गोलागंजबाट सशस्त्र प्रहरी निरीक्षक सुरेन्द्र बहादुर मल्लको कमाण्डमा खटिएको टोलीले उनका साथबाट पेस्तोल र ५ राउण्ड गोली फेला पारेको हो ।

काठमाडौँ । बाराको सिम्रौनगढ–२ स्थित सलेमपुरबाट हिजो साँझ साँझ सशस्त्र प्रहरीले दुई थान कटुवा पेस्तोलसहित एक जनालाई नियन्त्रणमा लिएको छ ।

अमृतगञ्जका ५० वर्षीय जय प्रकाश कुसवाह पेस्तोलसहित समातिएका हुन् ।

एपीएफ इन्टेलिजेन्स व्यूरोको विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट गोलागंजबाट सशस्त्र प्रहरी निरीक्षक सुरेन्द्र बहादुर मल्लको कमाण्डमा खटिएको टोलीले उनका साथबाट पेस्तोल र ५ राउण्ड गोली फेला पारेको हो ।

नियन्त्रणमा लिइएका उनलाई बरामद पेस्तोल तथा गोलीसहित आवश्यक कारवाहीको लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रियामा रहेको सशस्त्रका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?