भरत दाहाल छाड्ने सर्वोच्चको आदेश भन्छ– ‘विचार राख्नु उनको स्वतन्त्रता’

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, आश्विन ८, २०८३
|
|
२०३ पटक हेरिएको
Shares
भरत दाहाल छाड्ने सर्वोच्चको आदेश भन्छ– ‘विचार राख्नु उनको स्वतन्त्रता’

सारांश

  • सर्वोच्च अदालतले राजनीतिक विश्लेषक भरत दाहालको पछिल्ला अभिव्यक्तिहरूलाई ‘विचार तथा अभिव्यक्ति स्वतन्त्रताको प्रयोग’ भनी टिप्पणी गरेको छ ।
  • दाहालको पक्राउपछि उनकी छोरी डेनिका दाहालले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दिएकी थिइन् ।
  • निवेदनको सुनुवाइपछि सर्वोच्च अदालतले उनीविरुद्ध भएका अनुसन्धानका मिसिलबाट हिरासतमा नै राखेर अनुसन्धान गर्नुपर्नेसम्मको अवस्था नभएको भनी टिप्पणी गरेको हो ।

९ असोज, काठमाडौं । सर्वोच्च अदालतले राजनीतिक विश्लेषक भरत दाहालको पछिल्ला अभिव्यक्तिहरूलाई ‘विचार तथा अभिव्यक्ति स्वतन्त्रताको प्रयोग’ भनी टिप्पणी गरेको छ ।

दाहालको पक्राउपछि उनकी छोरी डेनिका दाहालले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दिएकी थिइन् । निवेदनको सुनुवाइपछि सर्वोच्च अदालतले उनीविरुद्ध भएका अनुसन्धानका मिसिलबाट हिरासतमा नै राखेर अनुसन्धान गर्नुपर्नेसम्मको अवस्था नभएको भनी टिप्पणी गरेको हो ।

उनले संविधान र कानून विरुद्ध हिंसात्मक आन्दोलनको आश्वान गरेको नदेखिएको र विचार तथा अभिव्यक्ति स्वतन्त्रताको शान्तिपूर्वक उपयोग गरेको देखिएको भनी सर्वोच्चले दाहाललाई साधारण तारिखमा छाड्न आदेश दिएको हो ।

राजनीतिक टिप्पणीहरू लेख्ने तथा अन्तर्वार्ताहरू दिइरहने दाहाल त्रिमूल नेपाल नामको दलका अध्यक्ष समेत हुन् । उनले पछिल्लोपटक विदेशी शक्तिराष्ट्रहरूको इशारामा जेनजी आन्दोलन र त्यसमा संलग्न कतिपय नेताहरू परिचालित भएको आरोप लगाइरहेका थिए ।

द ग्रे जोन नामक अनलाइनको हवाला दिदै उनले जेनजी आन्दोलन, त्यसमा संलग्न नेताहरूलाई बाह्य प्रभावबाट परिचालित भएको दावी गर्दै आफ्नो अभिव्यक्ति दिँदै आएका थिए । मोरङबाट पक्राउ परेका उनलाई प्रहरीले पक्राउ गरेर साइबर ब्यूरोमा ल्याएको हो, जसमाथि सर्वोच्च अदालतले प्रश्न उठाएको छ ।

न्यायाधीशहरू कुमार रेग्मी र सुनिल पोखरेलको संयुक्त इजलासले आदेशमा भनेको छ, ‘(दाहालले) यो संविधान र कानून विरुद्ध हिंसात्मक आन्दोलनको आह्वान गरेको भन्ने समेत नदेखिएको र संविधानको धारा १७(२)(क) ले दिएको विचार र अभिव्यक्तिको स्वतन्त्रता सम्बन्धी हकको शान्तिपूर्वक उपयोग गरी विचार अभिव्यक्त गरेको देखिएको स्थितिमा  हिरासतमा नै राखेर अनुसन्धान गर्नुपर्ने सम्मको कुनै पनि आधार र कारण अनुसन्धानको मिसिलबाट देखिँदैन ।’

५ असोज, २०८३ मा काठमाडौं जिल्ला अदालतले दाहाललाई तीन दिनका लागि थुनामा राखी अनुसन्धान गर्न म्याद थप गरेको थियो । उनको बयान समेत भइसकेको छ । उनलाई थुनामा राख्नुपर्नेसम्मको अवस्था नभएको र अनुसन्धान गर्नुपर्ने भए तारिखमा राखेर अनुसन्धान गर्न सर्वोच्च अदालतले नेपाल प्रहरीको साईवर व्यूरोका नाममा आदेश जारी गरेको हो ।

सर्वोच्च अदालतले दाहाललाई साधारण तारिखमा छाड्न आदेश दिएपनि उनको हकमा बन्दीप्रत्यक्षीकरणको आदेश जारी गर्न भने अस्वीकार गरेको छ । दाहाल विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७(१) अनुसार पक्राउ परेको र काठमाडौं जिल्ला अदालतबाट समेत उनीविरुद्ध पक्राउ अनुमती जारी भएको भन्दै सर्वोच्च अदालतले बन्दीप्रत्यक्षीकरणको आदेश जारी गर्न अस्वीकार गरेको हो ।

सर्वोच्चको आदेश अनुसार, दाहाल अब थुनाबाहिर हुनेछन् । प्रहरीले मुद्दा चलाएमा उनी थुनाबाहिरै रहेर मुद्दा खेप्न पाउनेछन् । सर्वोच्च अदालतले ‘पूर्णपाठ तयार गर्न समय लाग्ने’ भन्दै दुई पेजको संक्षिप्त आदेश जारी गरेको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बालुवाटारमा प्रधानमन्त्रीविरुद्ध मिराज समूहको प्रदर्शन, दुईजना पक्राउ
बालुवाटारमा प्रधानमन्त्रीविरुद्ध मिराज समूहको प्रदर्शन, दुईजना पक्राउ
करदाता संख्या ८४ लाख माथि, सबैभन्दा धेरै व्यक्तिगत प्यान
करदाता संख्या ८४ लाख माथि, सबैभन्दा धेरै व्यक्तिगत प्यान
सिन्धुलीमा गाडी र मोटरसाइकल ठोक्किंदा एक जनाको मृत्यु, ९ जना घाइते
सिन्धुलीमा गाडी र मोटरसाइकल ठोक्किंदा एक जनाको मृत्यु, ९ जना घाइते
वैदेशिक रोजगारीमा पठाउने भन्दै ठगी गर्ने चारजना पक्राउ
वैदेशिक रोजगारीमा पठाउने भन्दै ठगी गर्ने चारजना पक्राउ
रास्वपाद्वारा डेङ्गु रोग नियन्त्रण गर्न माग गर्दै सङ्कल्प प्रस्ताव दर्ता
रास्वपाद्वारा डेङ्गु रोग नियन्त्रण गर्न माग गर्दै सङ्कल्प प्रस्ताव दर्ता
वीरगञ्जमा एक महिलाको शव फेला
वीरगञ्जमा एक महिलाको शव फेला
यीहुन्,मन्त्रिपरिषद्को बैठकका २५ वटानिर्णयहरु
यीहुन्,मन्त्रिपरिषद्को बैठकका २५ वटानिर्णयहरु
नेपाल थारु सङ्घको केन्द्रीय तदर्थ कार्यसमितिमा ९८ जना सदस्य मनोनयन
नेपाल थारु सङ्घको केन्द्रीय तदर्थ कार्यसमितिमा ९८ जना सदस्य मनोनयन
अवैध लागूऔषधसहित काठमाडौंबाट दुई जना पक्राउ
अवैध लागूऔषधसहित काठमाडौंबाट दुई जना पक्राउ
कर्मचारीलाई अर्थमन्त्रीको निर्देशन : अन्तरमन्त्रालय सहजीकरणलाई प्राथमिकतामा दिनुस्
कर्मचारीलाई अर्थमन्त्रीको निर्देशन : अन्तरमन्त्रालय सहजीकरणलाई प्राथमिकतामा दिनुस्