एसियाड कबड्डीमा मलेसियाविरुद्ध नेपालको जित

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, आश्विन ८, २०८३
|
|
१०० पटक हेरिएको
Shares
एसियाड कबड्डीमा मलेसियाविरुद्ध नेपालको जित

सारांश

  • तोकाई सिटीजन जिम्न्यासियममा भएको समूह ‘बी’ को आफ्नो अन्तिम खेलमा नेपालले मलेसियालाई ७३-५२ ले हराएको हो।
  • योसँगै नेपालले पुरुष कबड्डीमा जितसँगै एसियाडमा सुखद अन्त्य गरेको छ।
  • समूह चरणको पहिलो खेलमा नेपाल थाइल्यान्डसँग ५९-४८ ले पराजित भएको थियो।

जापानमा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत पुरुष कबड्डीमा नेपालले मलेसियालाई हराएको छ।

तोकाई सिटीजन जिम्न्यासियममा भएको समूह ‘बी’ को आफ्नो अन्तिम खेलमा नेपालले मलेसियालाई ७३-५२ ले हराएको हो। योसँगै नेपालले पुरुष कबड्डीमा जितसँगै एसियाडमा सुखद अन्त्य गरेको छ।

समूह चरणको पहिलो खेलमा नेपाल थाइल्यान्डसँग ५९-४८ ले पराजित भएको थियो। दोस्रो खेलमा पाकिस्तानसँग ५८-४३ ले र तेस्रो खेलमा इरानसँग ७६-२३ ले पराजित भएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?