मेची राजमार्गमा आज साँझदेखि सवारी चलाउन रोक

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, आश्विन ८, २०८३
|
|
७९ पटक हेरिएको
Shares
मेची राजमार्गमा आज साँझदेखि सवारी चलाउन रोक

सारांश

  • जिल्ला प्रशासन कार्यालय इलामले आज बिहीबार बेलुका ७ बजेदेखि मेची राजमार्गमा सवारी सञ्चालनमा रोक लगाएको छ ।
  • जल तथा मौसम विज्ञान विभागले बिहीबारदेखि आइतबारसम्म भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको चेतावनी दिएपछि प्रशासनले चार दिनका लागि रातको समयमा सवारी सञ्चालनमा रोक लगाएको हो ।
  • गत वर्षको बाढी र पहिरोका कारण इलाम जिल्लाका मेची राजमार्गसहित अन्य भित्री सडक जीर्ण भएका थिए ।

८ असोज, विराटनगर।

जिल्ला प्रशासन कार्यालय इलामले आज बिहीबार बेलुका ७ बजेदेखि मेची राजमार्गमा सवारी सञ्चालनमा रोक लगाएको छ । जल तथा मौसम विज्ञान विभागले बिहीबारदेखि आइतबारसम्म भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको चेतावनी दिएपछि प्रशासनले चार दिनका लागि रातको समयमा सवारी सञ्चालनमा रोक लगाएको हो ।

गत वर्षको बाढी र पहिरोका कारण इलाम जिल्लाका मेची राजमार्गसहित अन्य भित्री सडक जीर्ण भएका थिए । जिल्ला प्रशासन कार्यालय, इलामले रातको समयमा सवारी सञ्चालन गर्न जोखिमपूर्ण हुने भन्दै आज बेलुकादेखि असोज ११ गते बिहानसम्म हरेक दिन बेलुकी ७ बजेदेखि बिहान ५ बजेसम्म मेची राजमार्ग, मेची करिडोरलगायत सडकमा सवारी आवागमनमा रोक लगाएको हो ।अत्यावश्यक परेमा नजिकको प्रहरीको सहयोग लिएर मात्र यात्रा गर्न प्रशासनको अनुरोध छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

समानुपातिकमा रास्वपाले कटायो १० लाख मत, अरुले कति ल्याए?
समानुपातिकमा रास्वपाले कटायो १० लाख मत, अरुले कति ल्याए?
भुइँमै कार्यपालिकाको बैठक
भुइँमै कार्यपालिकाको बैठक
रास्वपा कार्यालयमा शिक्षकहरूको धर्ना
रास्वपा कार्यालयमा शिक्षकहरूको धर्ना
तुलसीलाल स्मृति भवनबाट एमालेको पार्टी कार्यालय हटाउन सांसद साहको माग
तुलसीलाल स्मृति भवनबाट एमालेको पार्टी कार्यालय हटाउन सांसद साहको माग
प्रतिनिधिसभाका विषयगत समितिमा हेरफेर
प्रतिनिधिसभाका विषयगत समितिमा हेरफेर
सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो
सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो
प्रदेश प्रमुख समक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५ औँ वार्षिक प्रतिवेदन पेस
प्रदेश प्रमुख समक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५ औँ वार्षिक प्रतिवेदन पेस
विद्युतमा लगाएको कर खारेजी माग्दै उनेपाले थाल्यो हस्ताक्षर अभियान
विद्युतमा लगाएको कर खारेजी माग्दै उनेपाले थाल्यो हस्ताक्षर अभियान
प्रधानमन्त्री शाहले आज जुत्ता उत्पादक संघका पदाधिकारी र प्रतिनिधिसँग छलफल गर्ने
प्रधानमन्त्री शाहले आज जुत्ता उत्पादक संघका पदाधिकारी र प्रतिनिधिसँग छलफल गर्ने
सिंहदरबारमा दुर्गा प्रसाईं, प्रधानमन्त्रीलाई दिए दुर्गाको मुर्ति
सिंहदरबारमा दुर्गा प्रसाईं, प्रधानमन्त्रीलाई दिए दुर्गाको मुर्ति