भरत दाहाललाई पक्राउ गर्नुको कारण पेश गर्न सर्वोच्चको आदेश

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, आश्विन ६, २०८३
|
|
१०६ पटक हेरिएको
Shares
भरत दाहाललाई पक्राउ गर्नुको कारण पेश गर्न सर्वोच्चको आदेश

सारांश

  • सर्वोच्च अदालतले भरत दाहाललाई पक्राउ गर्नुको कारण पेश गर्न सरकारका नाममा आदेश जारी गरेको छ ।
  • न्यायाधीश कुमार रेग्मीको इजलासले दाहाललाई अदालतमा उपस्थित गराउन समेत आदेश दिएको हो ।
  • दाहाल गत आइतबार मोरङको बेलबारीबाट पक्राउ परेका थिए ।

६ असोज, काठमाडौं ।

सर्वोच्च अदालतले भरत दाहाललाई पक्राउ गर्नुको कारण पेश गर्न सरकारका नाममा आदेश जारी गरेको छ । न्यायाधीश कुमार रेग्मीको इजलासले दाहाललाई अदालतमा उपस्थित गराउन समेत आदेश दिएको हो ।

दाहाल गत आइतबार मोरङको बेलबारीबाट पक्राउ परेका थिए । उनी पक्राउ परेपछि छोरी डेनिका दाहालले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दिएकी थिइन् । भूराजनीतिक विषयवस्तु र त्यसमा उच्चपदस्थ राजनीतिक संलग्नताबारे विवादास्पद अन्तर्वार्ता सामाजिक सञ्जालमा ‘भाइरल’ भएपछि दाहाल पक्राउ परेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ