Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

संविधानलाई भाषणमा होइन, नागरिकको जीवनमा उतार्ने सङ्कल्प गरौँ : राष्ट्रपति 

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, आश्विन ३, २०८३
|
|
३७४ पटक हेरिएको
Shares
संविधानलाई भाषणमा होइन, नागरिकको जीवनमा उतार्ने सङ्कल्प गरौँ : राष्ट्रपति 

सारांश

  • राष्ट्रपति रामचन्द्र पौडेलले असहमतिलाई सम्मान गर्ने, आलोचनाबाट सिक्ने र राज्यलाई जनताप्रति जवाफदेही बनाउने संस्कार स्थापित गर्न सक्यौँ भने मात्र लोकतन्त्र बलियो हुने र संविधानले स्थापित गर्न चाहेका सङ्कल्पहरू पूरा हुने बताएका छन् ।
  • राष्ट्रपति पौडेलले संविधान दिवस (राष्ट्रिय दिवस) २०८३ का अवसरमा राष्ट्रपति कार्यालयमा शनिबार आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै सो धारणा व्यक्त गरेका हुन् ।
  • ‘हामीले असहमतिलाई सम्मान गर्ने, आलोचनाबाट सिक्ने र राज्यलाई जनताप्रति जवाफदेही बनाउने संस्कार स्थापित गर्न सक्यौँ भने मात्र लोकतन्त्र बलियो हुन्छ र संविधानले स्थापित गर्न चाहेका सङ्कल्पहरू पूरा हुन्छन्, यसका लागि आउनुहोस; आज हामी संविधानलाई भाषणमा होइन; नागरिकको जीवनमा उतार्ने सङ्कल्प गरौँ’, उनले भने ।

 

काठमाडौं ।

राष्ट्रपति रामचन्द्र पौडेलले असहमतिलाई सम्मान गर्ने, आलोचनाबाट सिक्ने र राज्यलाई जनताप्रति जवाफदेही बनाउने संस्कार स्थापित गर्न सक्यौँ भने मात्र लोकतन्त्र बलियो हुने र संविधानले स्थापित गर्न चाहेका सङ्कल्पहरू पूरा हुने बताएका छन् । राष्ट्रपति पौडेलले संविधान दिवस (राष्ट्रिय दिवस) २०८३ का अवसरमा राष्ट्रपति कार्यालयमा शनिबार आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै सो धारणा व्यक्त गरेका हुन् ।

‘हामीले असहमतिलाई सम्मान गर्ने, आलोचनाबाट सिक्ने र राज्यलाई जनताप्रति जवाफदेही बनाउने संस्कार स्थापित गर्न सक्यौँ भने मात्र लोकतन्त्र बलियो हुन्छ र संविधानले स्थापित गर्न चाहेका सङ्कल्पहरू पूरा हुन्छन्, यसका लागि आउनुहोस; आज हामी संविधानलाई भाषणमा होइन; नागरिकको जीवनमा उतार्ने सङ्कल्प गरौँ’, उनले भने । राजनीतिक परिवर्तनलाई नागरिकको जीवनमा जोड्न हामीलाई व्यवहारमै सुशासन र उत्कृष्ट सेवा प्रवाह आवश्यक भएको उनको भनाई थियो ।  उनले संविधान कागजमा लेखिएका शब्द वा वाक्य सङ्ग्रहको लिखित दस्ताबेज मात्र नभइ यो नागरिकका सपना, आशा, अपेक्षा र अधिकारको साझा प्रतिज्ञा पनि भएको बताए । आजको दिन विपतको पीडासँगै संविधान प्राप्तिको उत्सव र आत्मसमीक्षाको पनि दिन भएको उनले बताए ।

नेपालको संवैधानिक इतिहासमा आफूले निर्वाचित गरेका जनप्रतिनिधिमार्फत आफ्नो संविधान आफैँ लेख्ने नेपाली जनताको सात दशकभन्दा बढी लामो आन्दोलन, त्याग र बलिदानबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको आज ११ वर्ष पूरा भएको छ भन्दै उनले यो गौरवमय क्षणमा सबैभन्दा पहिले लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि आफ्नो जीवन आहुति दिने सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरे । साथै, आन्दोलनका क्रममा जेल, नेल, निर्वासनसहित अनेकौँ यातना सहने र जस्तै कष्टमा पनि अविचलित भई आफूद्वारा आफैँ शासित हुने परिवर्तनका पक्षधर एवम् लोकतन्त्रका योद्धाहरूलाई सम्मानसहित हृदयबाट नै धन्यवाद र आभार व्यक्त गरे ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नागरिकका गुनासा सुन्न प्रहरीलाई गृहमन्त्रीको निर्देशन
नागरिकका गुनासा सुन्न प्रहरीलाई गृहमन्त्रीको निर्देशन
विपद् व्यवस्थापनमा तीनै तहका सरकारबीच सहकार्य जरुरी : गृहमन्त्री
विपद् व्यवस्थापनमा तीनै तहका सरकारबीच सहकार्य जरुरी : गृहमन्त्री
माधव नेपालको निलम्बनबारे सभामुखले संसद्‌मा गराए जानकारी
माधव नेपालको निलम्बनबारे सभामुखले संसद्‌मा गराए जानकारी
देउवाले भेटे सुरेश रजकको परिवार
देउवाले भेटे सुरेश रजकको परिवार
जडिबुटी प्रशोधन केन्द्रमा आगो लगाउने माओवादी कार्यकर्ता: ज्ञानेन्द्र शाही
जडिबुटी प्रशोधन केन्द्रमा आगो लगाउने माओवादी कार्यकर्ता: ज्ञानेन्द्र शाही
धरानमा एमाले उमेदवारबीच कुटाकुट, उपचार गराउँदै छन् घाइते
धरानमा एमाले उमेदवारबीच कुटाकुट, उपचार गराउँदै छन् घाइते
भरतपुर अस्पतालमा पाठेघरको बायोप्सी निकाल्न खोज्दा एक जनाको मृत्यु
भरतपुर अस्पतालमा पाठेघरको बायोप्सी निकाल्न खोज्दा एक जनाको मृत्यु
नगर कार्यपालिकाको कार्यालय कविलासी सर्लाहीको सार्वजनिक अनुरोध !!!
माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै
माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै
बाजुरामा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु, एक घाइते
बाजुरामा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु, एक घाइते