मृत्यु जितेर घर फर्किएका सञ्जय- गाउँले र परिवारले गरे स्वागत

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, भाद्र २९, २०८३
|
|
६९ पटक हेरिएको
Shares
मृत्यु जितेर घर फर्किएका सञ्जय- गाउँले र परिवारले गरे स्वागत

सारांश

  • त्रिशूली- ३ ‘ए’ को सुरुङबाट १०औँ दिनमा जीवित उद्धार गरिएका प्राविधिक सञ्जय साह शुक्रबार साँझ घर पुगेका छन् ।
  • तिलाठी कोइलाडीका ३० वर्षीय सञ्जय साह ८ दिनको अस्पताल बसाइपछि गाउँ फर्किए ।
  • बाढीमा परेर ९ दिनसम्म सम्पर्कविहीन साहलाई १०औँ दिन त्रिशूली ३ ‘ए’ सुरुङबाट नेपाली सेनाले उद्धार गरेको थियो ।

२९ भदौ, सप्तरी ।

त्रिशूली- ३ ‘ए’ को सुरुङबाट १०औँ दिनमा जीवित उद्धार गरिएका प्राविधिक सञ्जय साह शुक्रबार साँझ घर पुगेका छन् । तिलाठी कोइलाडीका ३० वर्षीय सञ्जय साह ८ दिनको अस्पताल बसाइपछि गाउँ फर्किए । बाढीमा परेर ९ दिनसम्म सम्पर्कविहीन साहलाई १०औँ दिन त्रिशूली ३ ‘ए’ सुरुङबाट नेपाली सेनाले उद्धार गरेको थियो । एक हप्तासम्म अस्पतालमा उपचार गराएर आइतबार सप्तरी तिलाठी कोइलाडी गाउँपालिकास्थित घर फर्किएपछि साहलाई परिवारसहित गाउँलेले स्वागत गरेका छन् । साहलाई परिवारका सदस्य र आफन्तले केक काटेर र मिठाई बाँडेर स्वागत गर्दै खुसी साटासाट गरे ।

भेटिने आश मर्दै गएको बेला छोराको उद्धार भएको सामाजिक सञ्जालमा देखेपछि भगवान्‌को चमत्कार नै भएको महसुस भएको सञ्जयका बुबा रामफल साह बताउँछन् । सञ्जयकी पत्नी लक्ष्मी साह भन्छिन्, ‘मेरो श्रीमान् भेटिनु हुन्छ भन्ने आश मारिसकेको बेला मेरो सिन्दूर, छोरीको बाबालाई भगवान्ले दोस्रो जन्म दिएर पठाउनु भएकोमा भगवान्, सुरक्षाकर्मी तथा सबैलाई धन्यवाद दिन्छु ।’

सञ्जय भन्छन्

बाढी आउने जानकारी आउनासाथ हामी सावधान भयौँ तर हामीसँग समय कम थियो । साथीहरूलाई निस्किन भन्दाभन्दै र आफूबाहिर निस्किने प्रयास गर्दागर्दै पानीले दिएन । एकै ठूलो छालले छोप्यो साथीहरू कहाँ कहाँ कसरी पुग्नुभयो ? थाहा भएन । म फसेको अँध्यारो डरलाग्दो सुरुङभित्र दिन हो कि रात पत्तै हुँदैनथ्यो । दुई तीन दिन भेन्टिलेसनमा बसेर बिताएँ । एक गेडा खानेकुरा थिएन । माटो मोबिल मिसिएको धमिलो पानी कपडामा छानेर सुकिरहेको घाँटी रसाउनुको विकल्प थिएन तर नडराई महामन्त्र जप गरे । अनि हिम्मत बढ्यो । पुनर्जीवन पाएकामा खुसी लागे पनि साथीहरू अहिलेसम्म सम्पर्कमा नआएपछि दुःख लागेको छ । उद्धारकर्मीले चलाएको मेसिनको आवाज सुनेपछि बाँच्ने आशा जागे जाग्यो । साहले सुरुङमा बिताएको १० दिन मानवले गर्न नसक्ने संघर्ष थियो । प्रत्येक क्षण बाँच्नका लागि सङ्घर्ष भए पनि परिणाम भने मृत्यु देखिन्थ्यो । चारैतिर अँध्यारै अँध्यारो भएपछि रात र दिन छुट्याउन कठिन थियो । बाढीले सुरुङको स्वरूप नै परिवर्तन भएपछि बाटो पहिचान गर्ने अवस्था नभएपछि मरेतुल्य भएको महसुस भएको उनी सुनाउँछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानन्यायाधीशका लागि संवैधानिक परिषद्मा ६ जनाको नाम सिफारिस
प्रधानन्यायाधीशका लागि संवैधानिक परिषद्मा ६ जनाको नाम सिफारिस
कर्मचारीको कारण पनि ठेक्का रुग्ण भएका छन्, छानबिन गर्छौँ : मन्त्री घिसिङ
कर्मचारीको कारण पनि ठेक्का रुग्ण भएका छन्, छानबिन गर्छौँ : मन्त्री घिसिङ
पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ
पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ
एमबीएसको प्रश्नपत्र बाहिरिएको बारे छानबिन गर्न समिति गठन
एमबीएसको प्रश्नपत्र बाहिरिएको बारे छानबिन गर्न समिति गठन
आन्दोलनका कार्यक्रम फिर्तासँगै सार्वजनिक यातायात पुनः सञ्चालनमा
आन्दोलनका कार्यक्रम फिर्तासँगै सार्वजनिक यातायात पुनः सञ्चालनमा
अर्थतन्त्र सुधारोन्मुख छ, तर म सन्तुष्ट छैन : अर्थमन्त्री पौडेल
अर्थतन्त्र सुधारोन्मुख छ, तर म सन्तुष्ट छैन : अर्थमन्त्री पौडेल
दुई ठूला पार्टीले देश लुट्न टेण्डर पारेको जस्तो गरे: राजेन्द्र लिङ्देन
दुई ठूला पार्टीले देश लुट्न टेण्डर पारेको जस्तो गरे: राजेन्द्र लिङ्देन
केपी ओली कपको दोस्रो सेमिफाइनलमा आयोजक टाेली र मच्छिन्द्र खेल्दै
केपी ओली कपको दोस्रो सेमिफाइनलमा आयोजक टाेली र मच्छिन्द्र खेल्दै
आज देशभर सार्वजनिक बिदा
आज देशभर सार्वजनिक बिदा
सर्लाहीको चन्द्रनगरमा नेपाली सेनाको निःशुल्क स्वास्थ्य शिविर
सर्लाहीको चन्द्रनगरमा नेपाली सेनाको निःशुल्क स्वास्थ्य शिविर