मिथिलाञ्चलमा क्षेत्रमा आज चौठ चन्द्र (चौरचन) पर्व मनाइँदै

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, भाद्र २९, २०८३
|
|
४७ पटक हेरिएको
Shares
मिथिलाञ्चलमा क्षेत्रमा आज चौठ चन्द्र (चौरचन) पर्व मनाइँदै

सारांश

  • मथिला क्षेत्रको लोकसंस्कृति, भ्रातृत्व र प्रकृतिपूजनको अद्वितीय प्रतीक मानिने चौठ चन्द्र (चौरचन) पर्व आज जनकपुरधामसहित मधेस प्रदेश तथा मिथिलाञ्चल क्षेत्रमा हर्षोल्लासका साथ मनाइँदै छ ।
  • भाद्र शुक्ल चतुर्थीका दिन मनाइने यो पर्वमा चन्द्रमालाई अघ्र्य दिएर पूजा गर्ने परम्परा छ ।
  • चौरचन पर्व मुख्यगरी घरका महिलाहरूले निराहार व्रत बसेर मनाउँछन्।

२९ भदौ, जनकपुर ।

मथिला क्षेत्रको लोकसंस्कृति, भ्रातृत्व र प्रकृतिपूजनको अद्वितीय प्रतीक मानिने चौठ चन्द्र (चौरचन) पर्व आज जनकपुरधामसहित मधेस प्रदेश तथा मिथिलाञ्चल क्षेत्रमा हर्षोल्लासका साथ मनाइँदै छ । भाद्र शुक्ल चतुर्थीका दिन मनाइने यो पर्वमा चन्द्रमालाई अघ्र्य दिएर पूजा गर्ने परम्परा छ । चौरचन पर्व मुख्यगरी घरका महिलाहरूले निराहार व्रत बसेर मनाउँछन्। दिनभरि व्रतालुहरू शुद्धताका साथ घरमा दही, खिर, पुरी, ठेकुवा, भुजिया, र विविध मिठाईहरू तयार पार्छन् । माटाका नयाँ भाँडाहरू (मटका)मा जमाइएको मिठो दही यस पर्वको मुख्य आकर्षण हो ।

साँझपख घरको आँगन वा छतमा गोबर र रातो माटोले लिपेर चामलको पिठो (पिठार)ले आकर्षक अरिपनु (रेखाचित्रररङ्गोली) बनाइन्छ । साँझ चन्द्रमा उदाएपछि अरिपनमा फलफूल (केरा, स्याउ, काँक्रो, नीम्बू आदि) र पकवानहरू राखिन्छ । व्रतालुहरूले हातमा फलफूल र पकवान लिएर अञ्जुलीबाट चन्द्रमालाई अघ्र्य (अर्घ) अर्पण गर्छन्। चन्द्रमालाई अघ्र्य अर्पण गरिसकेपछि मात्र व्रतालु र परिवारका सदस्यहरूले पूजा गरिएको प्रसाद ग्रहण गर्छन् । गणेश चतुर्थीकै दिन परे पनि मिथिलाञ्चलमा गणेश पूजाभन्दा चन्द्रमाको प्रत्यक्ष पूजालाई विशेष प्राथमिकता दिइन्छ । यस पर्वले प्रकृति र मानवबीचको गहिरो सम्बन्धलाई उजागर गर्छ । आज साँझ मिथिलाका गाउँ–घर र सहरका छतहरू चन्द्रमाको अघ्र्य र पारम्परिक लोकगीतहरूले गुञ्जायमान हुन्छ । लोकविश्वासअनुसार भदौ शुक्ल चतुर्थीको दिन देखिने चन्द्रमालाई ‘कलंकित चन्द्रमा’ मानिन्छ । यस दिन चन्द्रमाको दर्शन गर्दा झुटो आरोप वा कलंक लाग्न सक्ने विश्वास छ । त्यसैले चन्द्रमा उदाउँदा खाली हात दर्शन नगरी हातमा फलफूल वा प्रसाद लिएर दर्शन गर्ने परम्परा रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संसदीय राजनीतिबाट विश्राम लिए पनि राजनीतिक संघर्ष जारी नै रहन्छ : सी.के. राउत
संसदीय राजनीतिबाट विश्राम लिए पनि राजनीतिक संघर्ष जारी नै रहन्छ : सी.के. राउत
विश्व बैंकद्वारा नेपालको आर्थिक वृद्धि २.१ प्रतिशत मात्रै हुने प्रक्षेपण
विश्व बैंकद्वारा नेपालको आर्थिक वृद्धि २.१ प्रतिशत मात्रै हुने प्रक्षेपण
लिपुलेक सम्झौता नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डतामाथि ठुलो चुनौती : डा. भट्टराईले
लिपुलेक सम्झौता नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डतामाथि ठुलो चुनौती : डा. भट्टराईले
एनआरएनए महाधिवेशन: विदेशस्थित नेपालीको सुरक्षा र राष्ट्र निर्माणमा लगानीको आग्रह
एनआरएनए महाधिवेशन: विदेशस्थित नेपालीको सुरक्षा र राष्ट्र निर्माणमा लगानीको आग्रह
पशुपति अमालकोटमै जुवा अड्डा, संस्कृति महाशाखा प्रमुखसहित सात पक्राउ
पशुपति अमालकोटमै जुवा अड्डा, संस्कृति महाशाखा प्रमुखसहित सात पक्राउ
गायक दुर्गेश थापाले अमेरिकाका ११ शहरमा सांगीतिक प्रस्तुती दिने
गायक दुर्गेश थापाले अमेरिकाका ११ शहरमा सांगीतिक प्रस्तुती दिने
पहाडी र हिमाली क्षेत्रमा आज होली पर्व मनाईँदै
पहाडी र हिमाली क्षेत्रमा आज होली पर्व मनाईँदै
अनलाइनमार्फत जुवा खेलाउने दुई चिनीयासहित ५० जना पक्राउ
अनलाइनमार्फत जुवा खेलाउने दुई चिनीयासहित ५० जना पक्राउ
सर्वोच्च अदालतमा मंगलबारदेखि रिट दर्ता खुलाइँदै
सर्वोच्च अदालतमा मंगलबारदेखि रिट दर्ता खुलाइँदै
परीक्षा केन्द्र होम सेन्टरबाट बाहिर १९ हजार ११७ जना विद्यार्थी परीक्षामा सहभागी
परीक्षा केन्द्र होम सेन्टरबाट बाहिर १९ हजार ११७ जना विद्यार्थी परीक्षामा सहभागी