प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, भाद्र १, २०८३
|
|
६५ पटक हेरिएको
Shares
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

सारांश

  •    प्रतिनिधिसभाको बैठक आज बस्दै छ ।
  • बैठक सोमबार दिउँसो १ बजे सिंहदरबारमा बस्ने भएको हो ।
  •   बैठकमा सभामुख डोलप्रसाद अर्यालले ‘खानी तथा खनिज पदार्थ विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची छ ।

 

१ भदौ, काठमाडौं ।  

प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक सोमबार दिउँसो १ बजे सिंहदरबारमा बस्ने भएको हो ।  बैठकमा सभामुख डोलप्रसाद अर्यालले ‘खानी तथा खनिज पदार्थ विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची छ ।

यसैगरी, महिला, बालबालिका लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले ‘बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्नेछिन् । महिलामन्त्री बादीले नै ‘मानव बेचबिखन तथा ओपारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन् । यस्तै, परराष्ट्रमन्त्री शिशिर खनालले ‘राहदानी (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ