हुम्लामा ५२ लाख बराबरको चिनियाँ मदिरा बरामद

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, श्रावण २९, २०८३
|
|
१६१ पटक हेरिएको
Shares
हुम्लामा ५२ लाख बराबरको चिनियाँ मदिरा बरामद

सारांश

  • हुम्लामा प्रहरीले ५१ लाख ९३ हजार ६ सय रुपैयाँ बराबरको अवैध चिनियाँ मदिरा तथा बियर बरामद गरेको छ।
  • नाम्खा गाउँपालिका–२ को नावलथाङबाट लुकाइछिपाइ राखिएको अवस्थामा ५९४ कार्टुनमा रहेका ७ हजार १२८ बोतल चिनियाँ मदिरा र १९४ कार्टुनमा रहेका ४ हजार ६५६ बोतल बडवाइजर बियर बरामद गरिएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ।
  • जिल्ला प्रहरी कार्यालय हुम्लाका डीएसपी शंकर खड्काका अनुसार चिनियाँ मदिराको अनुमानित बजार मूल्य प्रतिवोटल ५०० रुपैयाँ र बडवाइजर बियरको प्रतिवोटल ३५० रुपैयाँ रहेको छ।

 

२९ साउन, हुम्ला ।

हुम्लामा प्रहरीले ५१ लाख ९३ हजार ६ सय रुपैयाँ बराबरको अवैध चिनियाँ मदिरा तथा बियर बरामद गरेको छ। नाम्खा गाउँपालिका–२ को नावलथाङबाट लुकाइछिपाइ राखिएको अवस्थामा ५९४ कार्टुनमा रहेका ७ हजार १२८ बोतल चिनियाँ मदिरा र १९४ कार्टुनमा रहेका ४ हजार ६५६ बोतल बडवाइजर बियर बरामद गरिएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय हुम्लाका डीएसपी शंकर खड्काका अनुसार चिनियाँ मदिराको अनुमानित बजार मूल्य प्रतिवोटल ५०० रुपैयाँ र बडवाइजर बियरको प्रतिवोटल ३५० रुपैयाँ रहेको छ। बरामद मदिरा तथा बियर कोष तथा लेखा नियन्त्रण कार्यालय हुम्लाको रोहबरमा नष्ट गरिने प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईंले जानकारी दिएका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?