धनुषा अदालत अगाडि पीडित महिलाले गरिन् आ*त्मदा*ह प्रयास

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, श्रावण २७, २०८३
|
|
५१ पटक हेरिएको
Shares
धनुषा अदालत अगाडि पीडित महिलाले गरिन् आ*त्मदा*ह प्रयास

सारांश

  • धनुषा जिल्ला अदालतको मुख्य गेट अगाडि प्रहरीकै अगाडि एक महिलाले आत्मदाहको प्रयास गरेकी छन् ।
  • जनकपुरधाम उपमहानगरपालिका-३ की करिब ५५ वर्षीया फूलकुमारी रजकले बुधबार बिहान आफ्नै शरीरमा पेट्रोल खन्याएकी हुन् ।
  • मिटरब्याजी हरेराम साह र गोपाल साहको थुनछेक बहस चलिरहँदा पीडितहरू प्रदर्शनमा उत्रिएका थिए ।

 

२७ साउन, जनकपुरधाम ।

धनुषा जिल्ला अदालतको मुख्य गेट अगाडि प्रहरीकै अगाडि एक महिलाले आत्मदाहको प्रयास गरेकी छन् । जनकपुरधाम उपमहानगरपालिका-३ की करिब ५५ वर्षीया फूलकुमारी रजकले बुधबार बिहान आफ्नै शरीरमा पेट्रोल खन्याएकी हुन् ।

मिटरब्याजी हरेराम साह र गोपाल साहको थुनछेक बहस चलिरहँदा पीडितहरू प्रदर्शनमा उत्रिएका थिए । सोही क्रममा अदालतको मुख्य गेट अगाडि पुगेर साहलाई कारबाही हुनुपर्ने माग राख्दै फूलकुमारीले आत्मदाहको प्रयास गरेकी हुन् । शरीरमा पेट्रोल छर्किसकेको अवस्थामा प्रहरी निरीक्षक अरविन्द साह नेतृत्वको टोलीले तत्काल उद्धार गरेको प्रहरीले जनाएको छ । घटनापछि अदालत परिसरको सुरक्षा व्यवस्था थप कडा पारिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?