पर्सामा २०७ किलो गाँजासहित चालक पक्राउ
सारांश
- पर्साबाट २०७ किलो गाँजासहित एक जना पक्राउ परेका छन्।
- जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय पोखरिया र प्रहरी चौकी प्रसौनीभठ्ठाबाट खटिएको संयुक्त प्रहरी टोलीले विन्दवासिनी गाउँपालिका–५ स्थित सडकखण्डमा चेकजाँचका क्रममा हेटौंडा निवासी ४८ वर्षीय कृष्ण लामालाई पक्राउ गरेको हो।
- उनी गाँजा बोकेको पिकअप गाडीका चालक हुन्।
२० साउन, काठमाडौं ।
पर्साबाट २०७ किलो गाँजासहित एक जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय पोखरिया र प्रहरी चौकी प्रसौनीभठ्ठाबाट खटिएको संयुक्त प्रहरी टोलीले विन्दवासिनी गाउँपालिका–५ स्थित सडकखण्डमा चेकजाँचका क्रममा हेटौंडा निवासी ४८ वर्षीय कृष्ण लामालाई पक्राउ गरेको हो। उनी गाँजा बोकेको पिकअप गाडीका चालक हुन्।

प्रहरीले लामाले चलाएको प्रदेश–३–०१–२४ च ५३८५ नम्बरको टाटा योद्धा पिकअप गाडीभित्र सिमेन्टका बोरामा लुकाएर राखिएको २०७ किलो गाँजा बरामद गरेको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

प्रतिक्रिया