२६ जेष्ठ २०८२, आईतवार

एसीसी प्रिमियर कप: तेस्रो स्थानका लागि नेपाल र हङकङ भिड्दै

८ वैशाख, काठमाडौं । एसीसी प्रिमियर कप टी–२० क्रिकेट प्रतियोगितामा तेस्रो स्थानका लागि नेपालले आज हङकङसँग प्रतिस्पर्धा गर्ने भएको छ ।

शुक्रबार पहिलो सेमिफाइनल खेलमा यूएईसँग पराजित नेपालले आज तेस्रो स्थानका लागि हङकङसँग खेल्ने भएको हो । दुई देशबीचको खेल नेपाल समयानुसार अपराह्न सवार ४ बजे हुरू हुनेछ । हारसँगै नेपालले आगामी वर्ष आयोजना हुने एसीसी एसिया कप खेल्ने सम्भावना पनि समाप्त भएको छ । शुक्रबार राति नै खेलिएको अर्को सेमिफाइनल खेलमा आयोजक ओमानले हङकङलाई ५ विकेटले हराएको थियो ।

नेपालले गत वर्ष यूएईलाई हराएर एसिया कप खेलेको थियो। यस पटक नेपालले समूह चरणका सबै ४ खेल जितेर विजेताका रूपमा सेमिफाइनलमा स्थान बनाएको थियो। फाइनल खेल भने आइतबार ओमान र यूएईबीच हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment