एसीसी प्रिमियर कप: तेस्रो स्थानका लागि नेपाल र हङकङ भिड्दै
८ वैशाख, काठमाडौं । एसीसी प्रिमियर कप टी–२० क्रिकेट प्रतियोगितामा तेस्रो स्थानका लागि नेपालले आज हङकङसँग प्रतिस्पर्धा गर्ने भएको छ ।
शुक्रबार पहिलो सेमिफाइनल खेलमा यूएईसँग पराजित नेपालले आज तेस्रो स्थानका लागि हङकङसँग खेल्ने भएको हो । दुई देशबीचको खेल नेपाल समयानुसार अपराह्न सवार ४ बजे हुरू हुनेछ । हारसँगै नेपालले आगामी वर्ष आयोजना हुने एसीसी एसिया कप खेल्ने सम्भावना पनि समाप्त भएको छ । शुक्रबार राति नै खेलिएको अर्को सेमिफाइनल खेलमा आयोजक ओमानले हङकङलाई ५ विकेटले हराएको थियो । 
नेपालले गत वर्ष यूएईलाई हराएर एसिया कप खेलेको थियो। यस पटक नेपालले समूह चरणका सबै ४ खेल जितेर विजेताका रूपमा सेमिफाइनलमा स्थान बनाएको थियो। फाइनल खेल भने आइतबार ओमान र यूएईबीच हुनेछ । 
Related posts:
एमाले काठमाडौंद्वारा ओलीको रिहाइको मागसहित जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र
बारा नेकपा एमालेद्वारा अध्यक्ष ओलीको रिहाइको माग गर्दै ज्ञापनपत्र बुझाइयो
एमाले चितवनद्वारा ओली–लेखकको रिहाइ र उच्चस्तरीय छानबिन आयोग गठनको माग
महेश बस्नेतलाई पक्राउको माग गर्दै शोभा पाठक प्रहरी परिसरमा, गृहमन्त्रीको प्रशंसा



Post Comment