Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

वर्तमान सरकार पाँच वर्षको भनिएपनि पाँच महिनामै कमजोर : कुलमान घिसिङ

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, श्रावण १६, २०८३
|
|
३९६ पटक हेरिएको
Shares
वर्तमान सरकार पाँच वर्षको भनिएपनि पाँच महिनामै कमजोर : कुलमान घिसिङ

सारांश

  • उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आफ्नो पार्टी कुनै पनि राजनीतिक दलसँग नजोडिने बरु अन्य दललाई समेट्ने वातावरण बनाइरहेको बताएका छन्।
  • शनिबार उज्यालो नेपाल पार्टी दोलखा–काठमाडौं सम्पर्क समितिले आयोजना गरेको पार्टी प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले उज्यालो नेपाल पार्टी एक्लै अघि बढ्ने र कुनै पनि हालतमा अर्को पार्टीसँग नमिसिने स्पष्ट पारे।
  • उनले भने, ‘उज्यालो नेपाल पार्टी बरु एक्लै रहन्छ, कुनै पार्टीसँग मिसिँदैन।

 

काठमाडौं ।

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आफ्नो पार्टी कुनै पनि राजनीतिक दलसँग नजोडिने बरु अन्य दललाई समेट्ने वातावरण बनाइरहेको बताएका छन्। शनिबार उज्यालो नेपाल पार्टी दोलखा–काठमाडौं सम्पर्क समितिले आयोजना गरेको पार्टी प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले उज्यालो नेपाल पार्टी एक्लै अघि बढ्ने र कुनै पनि हालतमा अर्को पार्टीसँग नमिसिने स्पष्ट पारे। उनले भने, ‘उज्यालो नेपाल पार्टी बरु एक्लै रहन्छ, कुनै पार्टीसँग मिसिँदैन। कुनै पनि हालतमा कुनै पार्टीसँग मिल्दैन। बरु यो पार्टीसँग अरू पार्टी मिसिन आउने वातावरण हामी बनाउँदैछौँ। धेरै पार्टीका साथीहरू उज्यालो नेपाल पार्टीमा सहभागी हुन हामीसँग छलफलमा हुनुहुन्छ।

देशव्यापी रूपमा उज्यालो नेपाल पार्टीप्रतिको आकर्षण बढ्दो छ र यो क्रम अझ बढ्दै जानेछ।’ घिसिङले उज्यालो नेपाल पार्टीले भविष्यमा देशको नेतृत्व गर्ने दाबी गर्दै हरित क्रान्तिमार्फत मुलुकलाई समृद्धितर्फ लैजाने एकमात्र पार्टी आफ्नो भएको बताए। ‘तपाईँहरू ढुक्क भएर बस्नुस्। उज्यालो नेपाल पार्टीले आगामी दिनमा यो देशको नेतृत्व गर्नेछ। हरित क्रान्ति गरेर देशलाई समृद्ध बनाउने पार्टी यही हो। पार्टी हराउँछ कि भन्ने कुनै निराशा लिनु पर्दैन,’ उनले भने। दोलखा जिल्ला र बाग्मती प्रदेशमा पार्टीको प्रभाव तीव्र रूपमा बढिरहेको दाबी गर्दै उनले दोलखा उज्यालो नेपालको किल्ला बन्ने बताए। ‘दोलखा मात्र होइन, बाग्मती प्रदेश नै उज्यालो नेपालको किल्ला बन्ने चरणमा पुगेको छ। हामी बाग्मती प्रदेशमा सरकार बनाउँछौँ र त्यसपछि देशव्यापी रूपमा पनि उज्यालो नेपाल पार्टीको सरकार बन्ने क्रममा अघि बढ्नेछ,’ उनले भने।

आगामी स्थानीय तह निर्वाचनमा पार्टीको सशक्त उपस्थिति रहने उल्लेख गर्दै घिसिङले त्यसपछिको निर्वाचनबाट उज्यालो नेपाल पार्टीले देशको नेतृत्व गर्ने दाबी गरे। वर्तमान सरकार पाँच वर्ष टिक्ने भनिए पनि पाँच महिनामै अस्थिरताको संकेत देखिएको उनको टिप्पणी थियो। अहिले पाँच वर्षको सरकार भनिएको छ, तर पाँच महिनामै सरकार टिक्ने अवस्था कमजोर देखिइसकेको छ। हामीले पाँच वर्ष नै कुर्नुपर्छ जस्तो लाग्दैन। त्यसैले उज्यालो नेपाल पार्टी अब देशको विकल्पका रूपमा स्थापित हुँदै अघि बढिरहेको छ,’ उनले भने।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजविराज कारागारबाट भाग्ने प्रयास गरेका १९२ कैदी सेनाको नियन्त्रणमा
राजविराज कारागारबाट भाग्ने प्रयास गरेका १९२ कैदी सेनाको नियन्त्रणमा
पूर्वराष्ट्रपति भण्डारीले भोलि सक्रिय राजनीतिमा ‘फर्किने घोषणा’ गर्ने !
पूर्वराष्ट्रपति भण्डारीले भोलि सक्रिय राजनीतिमा ‘फर्किने घोषणा’ गर्ने !
सांसदको शपथ लगत्तै सर्वोच्चमा बालेनको तारिख
सांसदको शपथ लगत्तै सर्वोच्चमा बालेनको तारिख
सेयर बजारका लगानीकर्ताहरु आन्दोलनमा, धितोपत्र बोर्डप्रति असन्तुष्ट
सेयर बजारका लगानीकर्ताहरु आन्दोलनमा, धितोपत्र बोर्डप्रति असन्तुष्ट
धर्मगुरु आचार्य श्रीनिवासलाई तत्काल रिहाइ गर्न माग
धर्मगुरु आचार्य श्रीनिवासलाई तत्काल रिहाइ गर्न माग
सामाजिक सञ्जाल बिरूद्व प्रभु साहको पार्टीले भोलि पोखरामा आन्दोलन गर्ने
सामाजिक सञ्जाल बिरूद्व प्रभु साहको पार्टीले भोलि पोखरामा आन्दोलन गर्ने
सरकारमा सहभागी मन्त्री फिर्ता बोलाउने जसपाको तयारी
सरकारमा सहभागी मन्त्री फिर्ता बोलाउने जसपाको तयारी
माया राईको सांसद् पद तत्काल निलम्बन नहुने
माया राईको सांसद् पद तत्काल निलम्बन नहुने
अबको परिवर्तन नयाँ पुस्ताको सुनिश्चित भविष्यको लागि हो :अध्यक्ष यादव
अबको परिवर्तन नयाँ पुस्ताको सुनिश्चित भविष्यको लागि हो :अध्यक्ष यादव
आशा भोसलेको पाँच दशकको लामो सांगीतिक यात्रा : २० भाषामा १२ हजार गीत
आशा भोसलेको पाँच दशकको लामो सांगीतिक यात्रा : २० भाषामा १२ हजार गीत