मुख्यमन्त्रीको सरकारी निवासमै उल्टो राष्ट्रिय झण्डा
७ वैशाख, जनकपुरधाम । मधेश प्रदेशको मुख्यमन्त्री सरोज कुमार यादवको जनकपुर स्थित मन्त्रालयको निवासमै उल्टो राष्ट्रिय झण्डा राखिएको छ ।
हरेक सरकारी भवनमाजस्तै यसमा पनि राष्ट्रिय झण्डा राखिएको छ । तर यो झण्डा हेर्दा नेपालको राष्ट्रिय झण्डा हो कि होइन ? तपाई अन्योलमा पर्नुभयो होला । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवको सरकारी निवास जनकपुरमा नेपाली राष्ट्रिय झण्डा उल्टो झुण्डाईएको छ । जसपाका मुख्यमन्त्री निवासमा उल्टो झण्डा झु्ण्ड्याएको हो ।
मुख्यमन्त्री बस्ने निवासमा राखिएको नेपाली राष्ट्रिय झान्डा नै उल्टो छ भने प्रदेश कसरी राम्रो संग चल्छ भने प्रश्न उठिरहेको छ । मुख्यमन्त्री सरोज कुमार यादवले ध्यान नदिएपछि राष्ट्रिय झण्डाको अपमान हुने गरी झण्डा झुण्ड्याइएको देखिएको छ । जब कि त्यही निवासमा नेपाल आर्मी, नेपाल प्रहरी पनि छ ।
राष्ट्रिय झण्डाको माथिल्लो भागमा ‘अर्ध चन्द्र’ र तल्लो भागमा ‘ सूर्य’ हुनु पर्छ । तर, मन्त्रालयको भवनमा राखिएको झण्डाको माथिल्लो भागमा ‘सूर्य’ र तल्लो भागमा ‘अर्ध चन्द्र’ रहेको छ ।
Post Comment