२६ जेष्ठ २०८२, आईतवार

८२ शाखा अधिकृतको पदस्थापन, ३० स्थानीय तहले पाए प्रमुख प्रशासकीय अधिकृत

४ वैशाख, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नयाँ शाखा अधिकृतहरूको पदस्थापन गरेको छ ।

मन्त्रालयले मंगलवार ८२ जना नयाँ शाखा अधिकृतहरूको पदस्थापन गरिएको जानकारी दिएको हो । उनीहरुले संघ र स्थानीय तहका विभिन्न पदमा जिम्मेवारी पाएका छन् । मंगलबार मात्रै ३० वटा स्थानीय तहले प्रमुख प्रशासकीय अधिकृत पाएका छन् ।

ती स्थानीय तहहरू अहिले निमित्त प्रमुख प्रशासकीय अधिकृतका भरमा चलिरहेका छन् । नवनियुक्त शाखा अधिकृतहरूलाई  मन्त्रालयले विभिन्न मन्त्रालय सहित रिक्त रहेका प्रमुख प्रशासकीय अधिकृतको पदमा खटाउने निर्णय गरेको हो ।

हेर्नुहोस् सूची

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?