रवि लामिछानेसहित प्रतिवादीहरुको थुनछेक बहस जारी

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, पौष १८, २०८१
|
|
३४ पटक हेरिएको
Shares
रवि लामिछानेसहित प्रतिवादीहरुको थुनछेक बहस जारी

सारांश

  • पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित सात प्रतिवादीहरुको थुनचेक बहस जिल्ला अदालत कास्कीमा जारी रहेको छ ।
  • मंगलबार र बुधबार सरकारी वकिलको बहस सकिएपछि बिहीबारदेखि जाहेरवाला सहकारीपीडित पक्षका कानुन व्यवसायीको बहस सुरु हुने जिल्ला न्यायाधीवक्ता कमला काफ्लेले जानकारी दिइन् ।
  • प्रतिवादीहरुको बयान सकिएलगत्तै जिल्ला न्यायाधीश नीतिज राईको इजलासमा मंगलबारदेखि थुनछेक बहस सुरु भएको हो ।

 

१८ पुस, पोखरा । पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित सात प्रतिवादीहरुको थुनचेक बहस जिल्ला अदालत कास्कीमा जारी रहेको छ । मंगलबार र बुधबार सरकारी वकिलको बहस सकिएपछि बिहीबारदेखि जाहेरवाला सहकारीपीडित पक्षका कानुन व्यवसायीको बहस सुरु हुने जिल्ला न्यायाधीवक्ता कमला काफ्लेले जानकारी दिइन् ।

प्रतिवादीहरुको बयान सकिएलगत्तै जिल्ला न्यायाधीश नीतिज राईको इजलासमा मंगलबारदेखि थुनछेक बहस सुरु भएको हो । बधुबार भएको बहसमा महान्यायाधिवक्ताको कार्यालयका नायब महान्यायाधिवक्त सञ्जिवराज रेग्मी, उपन्यायाधिवक्ता प्रकाश गौतम, जिल्ला न्यायाधिवक्ता कमला काफ्ले, सहायक जिल्ला न्यायाधिवक्ता शान्तिदेवी शर्मा र विपिनराज तिवारीले बहस गरेका थिए । जिल्ला न्यायाधिवक्ता काफ्लेले जाहेरवालाका तर्फबाट कानुन व्यवसायीको बहस सकिएपछि प्रतिवादी पक्षका कानुन व्यवसायीको बहस सुरु हुने बताए । ‘प्रतिवादीतर्फका कानुन व्यवसायीहरुको बहस सकिएपछि पुनः हाम्रोतर्फबाट जवाफी बहस सुरु हुन्छ,’ उनले भने । थुनचेक बहसपछि प्रतिवादीहरुलाई पुर्पक्षका लागि थुनामा राखेर अनुसन्धान गर्ने कि थुनामुक्त गरेर अनुसन्धान जारी राख्ने आदेश हुनेछ ।

सभापति लामिछानेसहित उक्त सहकारी ठगीको मुद्दामा जोडिएका पूर्वडिआइजी छविलाल जोशी, लीला पछाइ, कृष्णबहादुर गुरुङ, रामबहादुर खनाललगायतमाथि थुनछेक बहस भइरहेको हो । यही पुस ७ गते जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीले सहकारीको रकम अपचलनको आरोपमा रास्वपा सभापति लामिछानेसहित ४४ जना विरुद्ध मुद्दा दायर गरेको थियो । लामिछानेमाथि सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धिकरण कसुरमासमेत मुद्दा दायर भएको छ ।सरकारी वकिलको कार्यालयले सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा अहिलेसम्म ६३ जना विरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरिएको जनाएको छ ।सभापति लामिछानेसहित १९ जनाविरुद्ध संगठित अपराधमासमेत मुद्दा चलाइएको  जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीका सहायक जिल्ला न्यायाधिवक्ता शान्तिदेवी शर्माले जानकारी दिइन् ।

यस्तै लामिछानेसँगै खनाल, जोशी र पछाइविरुद्ध सम्पत्ति शुद्धिकरणमा पनि मुद्दा दायर गरिएको सरकारी वकिलको कार्यालयले जनाएको छ । सहकारी ठगीका आरोपित अन्य व्यक्तिलाई पनि कसुरअनुसारको बिगो र सजायको मागसहित मुद्दा दर्ता गरिएको छ । सूर्यदर्शन सहकारीको बचत रकम अपचलन गरेको आरोपमा सभापति लामिछाने गत कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका थिए । उनीमाथि कास्कीसहित अन्य जिल्लामासमेत सहकारी ठगीको आरोपमा अनुसन्धान भइरहेको छ । तत्कालीन समयमा आफू सञ्चालक तथा प्रबन्ध निर्देशक हुँदा सहकारीको बचत रकम गोर्खा मिडिया नेटकर्वमा ल्याई अपचलन गरेको आरोप रास्वपा सभापति लामिछानेमाथि लागेको छ । नेपाल प्रहरीका पूर्वडीआइजी जोशीलाई गत असोज छ गते पक्राउ गरी हिरासतमा राखेर अनुसन्धान हुँदै आएको थियो । सुर्यदर्शन सहकारी ठगीका मुख्य योजनाकार जीबी राईलगायत अन्य आरोपी भने अझै पनि फरार छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रुकुम पूर्व केन्द्र भएर भूकम्पको धक्का
रुकुम पूर्व केन्द्र भएर भूकम्पको धक्का
भालुको आक्रमणबाट एक जनाको मृत्यु
भालुको आक्रमणबाट एक जनाको मृत्यु
युवाको चौतर्फी विकासमा सरकार प्रतिवद्ध छ : प्रधानमन्त्री
युवाको चौतर्फी विकासमा सरकार प्रतिवद्ध छ : प्रधानमन्त्री
रास्वपाका समानुपातिक सांसदको नाम सार्वजनीक
रास्वपाका समानुपातिक सांसदको नाम सार्वजनीक
भिजिबिलिटी कमजोर हुँदा दुर्गम क्षेत्रका विमानस्थलको उडान प्रभावित
भिजिबिलिटी कमजोर हुँदा दुर्गम क्षेत्रका विमानस्थलको उडान प्रभावित
‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक’ पारित
‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक’ पारित
मेडिकल व्यवसायी दुर्गा प्रसाईँ वीरगन्जबाट पक्राउ परेपछि समर्थकहरूद्वारा टायर बालेर प्रदर्शन
मेडिकल व्यवसायी दुर्गा प्रसाईँ वीरगन्जबाट पक्राउ परेपछि समर्थकहरूद्वारा टायर बालेर प्रदर्शन
जनताको मतलाई म पूर्ण सम्मानका साथ स्वीकार गर्दछु: ओली
जनताको मतलाई म पूर्ण सम्मानका साथ स्वीकार गर्दछु: ओली
सर्लाहीमा स्रोत नखुलेको सात लाखभन्दा बढी नेपाली रुपैयाँसहित भारतीय युवक पक्राउ
सर्लाहीमा स्रोत नखुलेको सात लाखभन्दा बढी नेपाली रुपैयाँसहित भारतीय युवक पक्राउ
रोजगारी सृजना र उत्पादनशिल क्षेत्रमा लगानी कोष उपयोग गर्नुपर्छ : अध्यक्ष ढकाल
रोजगारी सृजना र उत्पादनशिल क्षेत्रमा लगानी कोष उपयोग गर्नुपर्छ : अध्यक्ष ढकाल