आज जनकपुरमा नेकपाको प्रदेशस्तरीय प्रशिक्षण र एकता सभा

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, श्रावण ६, २०८३
|
|
१२५ पटक हेरिएको
Shares
आज जनकपुरमा नेकपाको प्रदेशस्तरीय प्रशिक्षण र एकता सभा

सारांश

  • नेकपाले आज जनकपुरमा मधेस प्रदेशस्तरीय प्रशिक्षण तथा एकता सभा कार्यक्रम गर्दैछ।
  •   प्रदेश राजधानी जनकपुरधामस्थित महेन्द्र नारायण निधि सांस्कृतिक भवनमा हुने कार्यक्रममा नेकपाका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल, नेता नारायणकाजी श्रेष्ठ लगायतले प्रशिक्षण दिनेछन्।
  • केहीबेरपछि सुरु हुने कार्यक्रममा सहभागी हुन प्रचण्डसहितका नेता मंगलबारै जनकपुर गएका हुन्।

६ साउन, काठमाडौं ।

नेकपाले आज जनकपुरमा मधेस प्रदेशस्तरीय प्रशिक्षण तथा एकता सभा कार्यक्रम गर्दैछ।  प्रदेश राजधानी जनकपुरधामस्थित महेन्द्र नारायण निधि सांस्कृतिक भवनमा हुने कार्यक्रममा नेकपाका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल, नेता नारायणकाजी श्रेष्ठ लगायतले प्रशिक्षण दिनेछन्। केहीबेरपछि सुरु हुने कार्यक्रममा सहभागी हुन प्रचण्डसहितका नेता मंगलबारै जनकपुर गएका हुन्।

प्रशिक्षणसँगै आज एकीकृत समाजवादीसहितका विभिन्न वाम घटकहरूसँगको एकता समायोजन तथा शपथग्रहण कार्यक्रम हुने नेकपाले जनाएको छ। तत्कालीन माओवादी केन्द्र, एकीकृत समाजवादीसहितका वाम घटकबिच गएको कात्तिकमै केन्द्रमा केन्द्रमा पार्टी एकता भए पनि मधेसमा अझै एकता भएको छैन। कार्यक्रममा प्रदेशस्तरीय कमिटीका पदाधिकारी, जिल्ला नेतृत्व तथा पार्टीका जनवर्गीय संगठनका प्रतिनिधि सहभागी हुने नेता विश्वनाथ साहले जानकारी दिए। कार्यक्रम सकेर बुधबार साँझ प्रचण्ड काठमाडौँ फर्किने कार्यक्रम छ।   यसैबीच प्रचण्डसहितका नेकपाका नेताले हिजो साँझ महोत्तरीको रामगोपालपुरमा पुगेर संविधानसभा सदस्य लालेन्द्र मण्डलका पिता बिन्देश्वर मण्डलप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।  मण्डलको गएको असार २९ गते ९२ वर्षको उमेरमा निधन भएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कैलाली कारागारमा कैदी मृ*त्यु प्रकरण : प्रहरीमाथि नै प्रश्न
कैलाली कारागारमा कैदी मृ*त्यु प्रकरण : प्रहरीमाथि नै प्रश्न
प्रतिनिधिसभाः विपद् व्यवस्थापनमा समयमै ध्यान दिन आग्रह
प्रतिनिधिसभाः विपद् व्यवस्थापनमा समयमै ध्यान दिन आग्रह
नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदका लागि आवेदन खुला
नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदका लागि आवेदन खुला
समाजवादी किसान महासंघमा सिंहको अध्यक्षतामा ५१ सदस्यीय केन्द्रीय समिति
समाजवादी किसान महासंघमा सिंहको अध्यक्षतामा ५१ सदस्यीय केन्द्रीय समिति
राजेन्द्र महतोको प्रदर्शनमा प्रहरीको लाठीचार्ज – तस्बिरहरू
राजेन्द्र महतोको प्रदर्शनमा प्रहरीको लाठीचार्ज – तस्बिरहरू
धोबीखोलाको बुद्धनगर–बबरमहल जोड्ने पुलमा आवागमन बन्द
धोबीखोलाको बुद्धनगर–बबरमहल जोड्ने पुलमा आवागमन बन्द
परीक्षा केन्द्र होम सेन्टरबाट बाहिर १९ हजार ११७ जना विद्यार्थी परीक्षामा सहभागी
परीक्षा केन्द्र होम सेन्टरबाट बाहिर १९ हजार ११७ जना विद्यार्थी परीक्षामा सहभागी
सशस्त्रकी इन्स्पेक्टर ब्यारेकमै मृत भेटिएको घटना : छानबिन गर्न समिति गठन
सशस्त्रकी इन्स्पेक्टर ब्यारेकमै मृत भेटिएको घटना : छानबिन गर्न समिति गठन
कीर्तिपुर–४ को वडाध्यक्षमा कांग्रेसका बानियाँ विजयी
कीर्तिपुर–४ को वडाध्यक्षमा कांग्रेसका बानियाँ विजयी
मुख्यमन्त्रीको निर्देशन अवज्ञा गर्ने डा.उमेश साह पक्राउ
मुख्यमन्त्रीको निर्देशन अवज्ञा गर्ने डा.उमेश साह पक्राउ