सरकारले यो वर्ष नयाँ कर्मचारी भर्ना नगर्ने

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, श्रावण ४, २०८३
|
|
६५ पटक हेरिएको
Shares
सरकारले यो वर्ष नयाँ कर्मचारी भर्ना नगर्ने

सारांश

  • सरकारले चालू आर्थिक वर्षमा कुनै पनि सरकारी कार्यालयमा नयाँ कर्मचारी भर्ना नगर्ने भएको छ ।
  • सरकारी कार्यालयहरूले स्थायी पदपूर्तिका लागि लोक सेवा आयोग समक्ष कुनै पनि माग गर्न पाउने छैनन् ।
  • मुख्यसचिव गोविन्दबहादुर कार्की नेतृत्वमा सोमबार गरेरको सचिवहरूको बैठकले यस्तो निर्णय गरेको हो ।

४ साउन, काठमाडौं ।

सरकारले चालू आर्थिक वर्षमा कुनै पनि सरकारी कार्यालयमा नयाँ कर्मचारी भर्ना नगर्ने भएको छ । सरकारी कार्यालयहरूले स्थायी पदपूर्तिका लागि लोक सेवा आयोग समक्ष कुनै पनि माग गर्न पाउने छैनन् ।मुख्यसचिव गोविन्दबहादुर कार्की नेतृत्वमा सोमबार गरेरको सचिवहरूको बैठकले यस्तो निर्णय गरेको हो । यो निर्णयसँगै सरकारी सेवाका लागि तयारी गरिरहेका व्यक्तिहरू प्रभावित हुने भएका छन् ।

नयाँ संगठन तथा व्यवस्थापन सर्वेक्षण अनुरूप नेपाल सरकारका विभिन्न दरबन्दीहरू घट्दा फाजिलमा पर्ने कर्मचारी व्यवस्थापन गर्नुपर्ने भएकाले सरकारले नयाँ दरबन्दीहरू खडा र भर्ना गर्ने काम रोक्न लागेको हो । ‘चालु आर्थिक वर्ष प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको स्वीकृति बिना नेपाल सरकारका कुनै पनि कार्यालयले स्थायी पदपूर्ति नगर्ने र स्थायी पदपूर्तिका लागि लोकसेवा आयोगमा माग नगर्ने, नगराउने’ सचिव बैठकको निर्णयमा छ । सरकारले यो वर्ष मन्त्रालयहरूको संख्या २२ बाट घटाएर १८ मा झारेको छ । कतिपय निकायहरू गाभिएका छन् । यी सबै कारणले यसअघि नै स्थायी पदपूर्ति भएका कर्मचारीहरूलाई काम व्यवस्थापन गर्नुपर्ने भएकाले सरकारले नयाँ भर्नामा रोक लगाएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति
नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति
अमेरिकाले रद्द गर्‍यो ६ हजार विदेशी विद्यार्थीको भिसा
अमेरिकाले रद्द गर्‍यो ६ हजार विदेशी विद्यार्थीको भिसा
विराटनगरको होटल इस्टर्न स्टारमा भारतीय नागरिक मृत फेला
विराटनगरको होटल इस्टर्न स्टारमा भारतीय नागरिक मृत फेला
पशुपति आर्यघाट नजिकै एक पुरुष मृ*त फेला
पशुपति आर्यघाट नजिकै एक पुरुष मृ*त फेला
एकै पटक ५१ वटा विद्युतीय चार्जिङ स्टेसन सञ्चालनमा (सूचीसहित)
एकै पटक ५१ वटा विद्युतीय चार्जिङ स्टेसन सञ्चालनमा (सूचीसहित)
अर्घाखाँचीमा जिप दुर्घटना हुँदा २ जनाको मृ*त्यु
अर्घाखाँचीमा जिप दुर्घटना हुँदा २ जनाको मृ*त्यु
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा अख्तियारको छापा
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा अख्तियारको छापा
पशुपतिनाथको सम्पत्ति २१ वर्षपछि फिर्ता, मारवाडीको कब्जाबाट मुक्त भयो गौशाला धर्मशाला
पशुपतिनाथको सम्पत्ति २१ वर्षपछि फिर्ता, मारवाडीको कब्जाबाट मुक्त भयो गौशाला धर्मशाला
बागमतीका मुख्यमन्त्री लामाले आज राजीनामा दिने, इन्द्रबहादुर बानियाले चलाउनेछन् सरकार
बागमतीका मुख्यमन्त्री लामाले आज राजीनामा दिने, इन्द्रबहादुर बानियाले चलाउनेछन् सरकार
पत्रकार महासंघको आन्दोलन घोषणा, अनलाइन मिडिया दर्ता खुलाउन माग
पत्रकार महासंघको आन्दोलन घोषणा, अनलाइन मिडिया दर्ता खुलाउन माग