प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची  

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, आश्विन १५, २०८३
|
|
८२ पटक हेरिएको
Shares
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची  

सारांश

  • प्रतिनिधिसभा बैठक बस्ने भएको छ ।
  • बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको हो ।
  • बैठकमा प्रधानमन्त्री बालेन शाहको तर्फबाट माननीय कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आठौं वार्षिक प्रतिवेदन, २०८३’ पेस गर्ने कार्यसूची रहेको छ ।

 

काठमाडौं । प्रतिनिधिसभा बैठक बस्ने भएको छ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको हो ।

बैठकमा प्रधानमन्त्री बालेन शाहको तर्फबाट माननीय कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आठौं वार्षिक प्रतिवेदन, २०८३’ पेस गर्ने कार्यसूची रहेको छ ।

यसैगरी, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले ‘संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८३’ पेस गर्ने कार्यसूची रहेको छ ।

अर्थ मन्त्री डा.स्वर्णिम वाग्लेले ‘कर्मचारी सञ्चय कोष (दशौ संशोधन) विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयो’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

अर्थ मन्त्री वाग्लेले नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०६३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने र ‘भुक्तानी तथा फस्यौंट (पहिलो संशोधन) विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयो’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रतिनिधि सभामा ४ वटा खर्च कटौतीका प्रस्ताव पेस
प्रतिनिधि सभामा ४ वटा खर्च कटौतीका प्रस्ताव पेस
‘ट्रयाक’ खुलेको २२ वर्षपछि मजुवा–नेपाने सडक कालोपत्र
‘ट्रयाक’ खुलेको २२ वर्षपछि मजुवा–नेपाने सडक कालोपत्र
प्रहरीलाई साधनस्रोत सम्पन्न नबनाए फागुन २१ को निर्वाचन प्रभावित हुन्छ: गृहमन्त्री
प्रहरीलाई साधनस्रोत सम्पन्न नबनाए फागुन २१ को निर्वाचन प्रभावित हुन्छ: गृहमन्त्री
नवनियुक्त चार मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ
नवनियुक्त चार मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ
जेन–जी आन्दोलनमा प्रहरीको गोली लागी ज्यान गुमाएका सर्लाहीका सुवेदीको परिवारले पाए राहत 
जेन–जी आन्दोलनमा प्रहरीको गोली लागी ज्यान गुमाएका सर्लाहीका सुवेदीको परिवारले पाए राहत 
प्रचण्डलाई योगेशको जवाफ– सिसाको घरमा बसेर अर्काको घरमा ढुंगा हान्ने मूर्खता नहोस्
प्रचण्डलाई योगेशको जवाफ– सिसाको घरमा बसेर अर्काको घरमा ढुंगा हान्ने मूर्खता नहोस्
भुटानका राजा काठमाडौंमा, स्वयम्भुमा पूजापाठ
भुटानका राजा काठमाडौंमा, स्वयम्भुमा पूजापाठ
८० लाख लगानीमा कोसीमा ‘घुम्ती अस्पताल’ सञ्चालन
८० लाख लगानीमा कोसीमा ‘घुम्ती अस्पताल’ सञ्चालन
एमाले नेता महेश बस्नेतले सार्वजनिक गरे घर जलाउने व्यक्ति
एमाले नेता महेश बस्नेतले सार्वजनिक गरे घर जलाउने व्यक्ति
भुटानी शरणार्थी नेता रिजाललाई १५ लाख धरौटीमा छाड्न अदालतको आदेश
भुटानी शरणार्थी नेता रिजाललाई १५ लाख धरौटीमा छाड्न अदालतको आदेश