धान रोपिरहेका बेला चट्याङ पर्दा ७ महिला घाइते

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, आषाढ ३२, २०८३
|
|
२४८ पटक हेरिएको
Shares
धान रोपिरहेका बेला चट्याङ पर्दा ७ महिला घाइते

सारांश

  • पर्साको पकहामैनपुर गाउँपालिका–०१ धोरेस्थित सिधौलिया जाने सीमावर्ती क्षेत्रमा धान रोपिरहेका बेला चट्याङ पर्दा ७ जना महिला घाइते भएका छन् ।
  • बिहीबार वर्षासँगै परेको चट्याङका कारण ७ जना महिला घाइते भएका हुन् ।
  • घाइते हुनेहरूमा पर्साको पकहामैनपुर गाउँपालिका–०१ बस्ने अन्दाजी ५५ वर्षीया शान्तिदेवी सहनी, ५५ वर्षीया राधिकादेवी सहनी,  ५५ वर्षीया रितादेवी सहनी, ५२ वर्षीया कुश्मीदेवी सहनी,  ४२ वर्षीया सन्ध्यादेवी, ३५ वर्षीया प्रमिला सहनी र  ३५ वर्षीया संगीता देवी रहेका छन् ।

३२ असार, काठमाडौँ ।

पर्साको पकहामैनपुर गाउँपालिका–०१ धोरेस्थित सिधौलिया जाने सीमावर्ती क्षेत्रमा धान रोपिरहेका बेला चट्याङ पर्दा ७ जना महिला घाइते भएका छन् । बिहीबार वर्षासँगै परेको चट्याङका कारण ७ जना महिला घाइते भएका हुन् । घाइते हुनेहरूमा पर्साको पकहामैनपुर गाउँपालिका–०१ बस्ने अन्दाजी ५५ वर्षीया शान्तिदेवी सहनी, ५५ वर्षीया राधिकादेवी सहनी,  ५५ वर्षीया रितादेवी सहनी, ५२ वर्षीया कुश्मीदेवी सहनी,  ४२ वर्षीया सन्ध्यादेवी, ३५ वर्षीया प्रमिला सहनी र  ३५ वर्षीया संगीता देवी रहेका छन् ।

घाइतेहरूमध्ये शान्तिदेवी सहनीको स्थानीय अस्पतालमा उपचार भइरहेको छ  । उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । अन्य ६ जना घाइतेहरूको भारतको रक्सौलस्थित डंकन अस्पतालमा उपचार भइरहेको छ । तीमध्ये कुश्मीदेवी सहनीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।  अन्य ५ जनाको अवस्था मध्यम रहेको छ । घटनाबारे थप अनुसन्धान समेत भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?