टी-२० विश्वकप २०२८ : नेपालले सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, आषाढ ३१, २०८३
|
|
४४५ पटक हेरिएको
Shares
टी-२० विश्वकप २०२८ : नेपालले सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने

सारांश

  • नेपालले सन् २०२८ को टी-२० विश्वकपका लागि सिधै ग्लोबल छनोट खेल्ने भएको छ ।
  • आईसीसीले सन् २०२८ को टी–२० विश्वकपको छनोट प्रक्रिया सार्वजनिक गर्दा नेपालले ग्लोबल छनोटमा सिधै खेल्ने भएको हो ।
  •  आईसीसीका अनुसार सन् २०२६ को टी–२० विश्वकप खेलेका तर स्वतः विश्वकपमा स्थान बनाउन नसकेका टोलीहरू सिधै ग्लोबल छनोटमा प्रवेश गर्नेछन् ।

३१ असार, काठमाडौं ।

नेपालले सन् २०२८ को टी-२० विश्वकपका लागि सिधै ग्लोबल छनोट खेल्ने भएको छ । आईसीसीले सन् २०२८ को टी–२० विश्वकपको छनोट प्रक्रिया सार्वजनिक गर्दा नेपालले ग्लोबल छनोटमा सिधै खेल्ने भएको हो । आईसीसीका अनुसार सन् २०२६ को टी–२० विश्वकप खेलेका तर स्वतः विश्वकपमा स्थान बनाउन नसकेका टोलीहरू सिधै ग्लोबल छनोटमा प्रवेश गर्नेछन् । नेपाल पनि यही समूहमा परेकाले उसले एसिया क्षेत्रीय छनोट खेल्नुपर्ने छैन । नेपालले टी–२० विश्वकप २०२६ मा समूह चरणबाटै यात्रा टुंग्याएको थियो । त्यसैले टोलीले स्वतः विश्वकपमा स्थान बनाउन नसके पनि सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने अवसर भने सुरक्षित गरेको हो। ग्लोबल छनोटमा क्षेत्रीय छनोटबाट आउने आठ टोली थपिनेछन् ।

अफ्रिका, एसिया र युरोपबाट दुई–दुई तथा अमेरिका र पूर्वी एसिया–प्रशान्त क्षेत्रबाट एक–एक टोली ग्लोबल छनोटमा पुग्नेछन् । ग्लोबल छनोटपछि प्रत्येक क्षेत्रबाट उत्कृष्ट प्रदर्शन गर्ने एक–एक टोली र समग्रमा उत्कृष्ट थप तीन टोली गरी सात टोलीले टी–२० विश्वकप २०२८ मा स्थान बनाउनेछन्। आईसीसीले यसका लागि न्यूनतम प्रदर्शनको मापदण्ड पनि लागू गर्ने जनाएको छ । यसअघि विश्वकप छनोटका लागि एसिया-इएपी, युरोपियन, अमेरिकन र अफ्रिकन छनोट हुँदै आएकोमा ग्लोबल छनोट फेरि ब्युँतिएको हो । आईसीसीले टी-२० विश्वकपको फर्म्याटमा पनि परिवर्तन गरेको छ । यो परिवर्तन आईसीसीको सम्मेलनबाट पारित भइसकेको छ तर अन्तिम स्वीकृति भने नोभेम्बरमा हुने छलफलपछि दिइनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्रीको आह्वानमा सर्वपक्षीय बैठक बस्दै
प्रधानमन्त्रीको आह्वानमा सर्वपक्षीय बैठक बस्दै
टाइगर कप भलिबलः न्यू डायमण्डलाई हराउँदै आयोजक टोली फाइलनमा प्रवेश
टाइगर कप भलिबलः न्यू डायमण्डलाई हराउँदै आयोजक टोली फाइलनमा प्रवेश
देउवाले बोलाए कांग्रेस संसदीय दलको बैठक
देउवाले बोलाए कांग्रेस संसदीय दलको बैठक
राप्रपा केन्द्रीय कार्यसमिति बैठक जारी, धवलशम्शेर पक्षको बहिष्कार
राप्रपा केन्द्रीय कार्यसमिति बैठक जारी, धवलशम्शेर पक्षको बहिष्कार
आज बस्ने भनिएको बागमती मन्त्रिपरिषदको बैठक रद्द, यस्तो छ कारण
आज बस्ने भनिएको बागमती मन्त्रिपरिषदको बैठक रद्द, यस्तो छ कारण
पूर्वगृहमन्त्री रविको बन्दीप्रत्यक्षीकरण निवेदनमाथि आज सुनुवाइ हुँदै
पूर्वगृहमन्त्री रविको बन्दीप्रत्यक्षीकरण निवेदनमाथि आज सुनुवाइ हुँदै
सोमबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
सोमबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
प्रधानमन्त्रीसहितलाई पदमुक्त गर्न माग गरिएको रिट न्यायाधीश श्रेष्ठ र पाण्डेयको इजलासमा
प्रधानमन्त्रीसहितलाई पदमुक्त गर्न माग गरिएको रिट न्यायाधीश श्रेष्ठ र पाण्डेयको इजलासमा
सहरी सौन्दर्य बढाउन ३३ हजार वर्गमिटरमा ढुंगा बिछ्याउँदै काठमाडौं महानगर
सहरी सौन्दर्य बढाउन ३३ हजार वर्गमिटरमा ढुंगा बिछ्याउँदै काठमाडौं महानगर
सहकारी छानबिन समितिको बैठक नयाँ बानेश्वरमा
सहकारी छानबिन समितिको बैठक नयाँ बानेश्वरमा