सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

संघीय संसदका चार समितिको बैठक बस्दै, विभिन्न विषयमा छलफल हुने

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, आषाढ २९, २०८३
|
|
२०६ पटक हेरिएको
Shares
संघीय संसदका चार समितिको बैठक बस्दै, विभिन्न विषयमा छलफल हुने

सारांश

  • संघीय संसदअन्तर्गतका चार समितिको बैठक आज बस्दैछ ।
  • प्रतिनिधिसभाका अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्न लागेको हो ।
  • यस्तै, राष्ट्रियसभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक पनि आजै बस्नेछ ।

काठमाडौं । संघीय संसदअन्तर्गतका चार समितिको बैठक आज बस्दैछ । प्रतिनिधिसभाका अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्न लागेको हो ।

यस्तै, राष्ट्रियसभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक पनि आजै बस्नेछ ।

अर्थ समितिको बैठक बिहान साढे ८ बजे बस्नेछ । बैठकमा राष्ट्रिय योजना आयोगसँग आर्थिक वर्ष २०८२÷८३ मा आयोगबाट भएका मुख्य–मुख्य कामकारबाही, १६औँ आवधिक योजनाको कार्यान्वयन अवस्था, मध्यकालीन खर्च संरचनाको कार्यान्वयन तथा राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनासहित विकास आयोजनाहरूको प्रगतिको अवस्थाबारे छलफल हुने कार्यसूची रहेको छ ।

त्यस्तै, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक दिउँसो १ बजे बस्नेछ । बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ माथि छलफल गरिनेछ । छलफलमा विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री, मन्त्रालयका सचिव, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव, राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका कार्यकारी निर्देशक तथा विषय विज्ञ डा. गोपालकुमार चौधरी सहभागी हुने कार्यसूची रहेको छ ।

कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक पनि दिउँसो १ बजे नै बस्नेछ । बैठकमा बाल सुधार गृहमा रहेका बालबालिकाको मानव अधिकार अवस्थासम्बन्धी निरीक्षण तथा अवलोकन उपसमितिले तयार पारेको प्रतिवेदनमाथि छलफल हुने जनाइएको छ ।

यसैगरी, राष्ट्रियसभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान साढे ११ बजे बस्नेछ । उक्त बैठकमा मधेश प्रदेशमा गरिएको स्थलगत अनुगमनको प्रतिवेदनको मस्यौदामाथि छलफल गर्ने कार्यसूची रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज जुडशीतल पर्व, मधेस प्रदेशमा सार्वजनिक बिदा
आज जुडशीतल पर्व, मधेस प्रदेशमा सार्वजनिक बिदा
एनपीएलः लुम्बिनी, सुदूरपश्चिम र जनकपुर, पोखरा भिड्दै
एनपीएलः लुम्बिनी, सुदूरपश्चिम र जनकपुर, पोखरा भिड्दै
पहिरोले अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालनमा
पहिरोले अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालनमा
१८० मेगावाटको कालीगण्डकी गर्ज जलविद्युत् आयोजनाको निर्माण सुरु
१८० मेगावाटको कालीगण्डकी गर्ज जलविद्युत् आयोजनाको निर्माण सुरु
बोल्न नसक्ने नाबालिगमाथि सामूहिक बलात्कार गर्ने दुई जना पक्राउ
बोल्न नसक्ने नाबालिगमाथि सामूहिक बलात्कार गर्ने दुई जना पक्राउ
नेपालले स्कटल्याण्डविरुद्ध पहिले बलिङ गर्दै
नेपालले स्कटल्याण्डविरुद्ध पहिले बलिङ गर्दै
सहकारी पीडितको वचत फिर्ताको माग गर्दै मोटरसाइकल र्‍याली, १६ समस्याग्रस्त सहकारीको सूचि प्राधिकरणमा बुझाइयो
सहकारी पीडितको वचत फिर्ताको माग गर्दै मोटरसाइकल र्‍याली, १६ समस्याग्रस्त सहकारीको सूचि प्राधिकरणमा बुझाइयो
अब परीक्षामा कति लेख्यो होइन, कति सिक्यो भन्ने मापन गरौं: शिक्षामन्त्री पोखरेल
अब परीक्षामा कति लेख्यो होइन, कति सिक्यो भन्ने मापन गरौं: शिक्षामन्त्री पोखरेल
सहकारीमा भएको बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय
सहकारीमा भएको बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय
छविलाल जोशीलाई बयानका लागि काठमाडौं ल्याइयो, रविलाई केही दिनपछि
छविलाल जोशीलाई बयानका लागि काठमाडौं ल्याइयो, रविलाई केही दिनपछि