बाढीमा हराएका सहायक सेनानी धामीको कुशको श*व बनाएर अन्त्येष्टि

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, आश्विन ७, २०८३
|
|
७३ पटक हेरिएको
Shares
बाढीमा हराएका सहायक सेनानी धामीको कुशको श*व बनाएर अन्त्येष्टि

सारांश

  •   रसुवाको टुम्मुरेबाट बाढीमा परी बेपत्ता भएका नेपाली सेनाका सहायक सेनानी देवसिंह धामीको अन्त्येष्टि गरिएको छ।
  •  भोटेकोसी बाढीमा परेको २८ दिनसम्म पनि फेला नपरेपछि परिवारले बुधबार कुसको शव बनाएर अन्तिम संस्कार गरेका हुन्।
  •  दार्चुलाको लेकम गाउँपालिका-४ का देवसिंह नेपाली सेनाको श्रीनाथ गणमा कार्यरत थिए।

 

७ असोज, रसुवा । 

रसुवाको टुम्मुरेबाट बाढीमा परी बेपत्ता भएका नेपाली सेनाका सहायक सेनानी देवसिंह धामीको अन्त्येष्टि गरिएको छ। भोटेकोसी बाढीमा परेको २८ दिनसम्म पनि फेला नपरेपछि परिवारले बुधबार कुसको शव बनाएर अन्तिम संस्कार गरेका हुन्। दार्चुलाको लेकम गाउँपालिका-४ का देवसिंह नेपाली सेनाको श्रीनाथ गणमा कार्यरत थिए। भदौ १० गते भोटेकोसी बाढीमा परी बेपत्ता भएका थिए।

२८ दिन बित्दा पनि पत्ता नलागेपछि लेकम-३, लालीस्थित आर्यघाटमा कुशको शव बनाएर अन्त्येष्टि गरिएको परिवारले जानकारी दिएको छ। उनको अन्त्येष्टिमा दार्चुलाको श्रीदल गुल्मका गुल्मपति राजकुमार थापासहितको टोली पुगेको थियो। सैनिक टोलीले सलामी अर्पण गरेको थियो। उनका छोराले यसअघि नै डीएनएका लागि रगत दिएका थिए। तर रिपोर्ट आउन समय लाग्ने भएपछि उनको परिवारले अन्तिम संस्कार गरेको हो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?