आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती मनाइँदै

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, आषाढ २९, २०८३
|
|
१३५ पटक हेरिएको
Shares
आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती मनाइँदै

सारांश

  • नेपाली भाषा, साहित्य र संस्कृतिका क्षेत्रमा अतुलनीय योगदान पु¥याएका आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज देश तथा विदेशमा विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ ।
  • नेपाली साहित्यका प्रथम कविका रूपमा सम्मानित भानुभक्त आचार्यले संस्कृत भाषामा लेखिएको भगवान् रामको जीवनमा आधारित महाकाव्य ‘रामायण’लाई नेपाली भाषामा भावानुवाद गरी नेपाली समाजलाई अमूल्य साहित्यिक उपहार दिएका थिए ।
  • उनले नेपाली भाषामा सरल र सहज शैलीमा प्रस्तुत गर्नुभएको रामायण आज पनि नेपाली जनजीवनमा उत्तिकै लोकप्रिय छ ।

काठमाडौं । नेपाली भाषा, साहित्य र संस्कृतिका क्षेत्रमा अतुलनीय योगदान पु¥याएका आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज देश तथा विदेशमा विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ ।

नेपाली साहित्यका प्रथम कविका रूपमा सम्मानित भानुभक्त आचार्यले संस्कृत भाषामा लेखिएको भगवान् रामको जीवनमा आधारित महाकाव्य ‘रामायण’लाई नेपाली भाषामा भावानुवाद गरी नेपाली समाजलाई अमूल्य साहित्यिक उपहार दिएका थिए । उनले नेपाली भाषामा सरल र सहज शैलीमा प्रस्तुत गर्नुभएको रामायण आज पनि नेपाली जनजीवनमा उत्तिकै लोकप्रिय छ । नेपालीका घरघरमा धार्मिक तथा सांस्कृतिक अवसरमा रामायण सस्वर लय हालेर पाठ गर्ने परम्परा अझै कायम छ ।

विसं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घामा जन्मिनुभएका भानुभक्त आचार्यले नेपाली भाषा र साहित्यको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो । उनको योगदानका कारण नेपाली भाषा साहित्यिक अभिव्यक्तिको बलियो माध्यमका रूपमा स्थापित भएको मानिन्छ ।

नेपालको भौगोलिक एकीकरण पृथ्वीनारायण शाहले गरेको भए पनि भाषा, साहित्य र संस्कृतिका माध्यमबाट नेपाली समाजलाई भावनात्मक रूपमा जोड्ने काम आदिकवि भानुभक्तले गर्नुभएको साहित्यकारहरूले बताउने गरेका छन् । उनका सिर्जनाले नेपाली समाजमा एकता, संस्कार र सांस्कृतिक चेतना फैलाउन महत्वपूर्ण भूमिका खेलेको छ ।

भानुभक्तलाई नेपाली भाषामा रामायण लेख्न प्रेरणा दिने प्रसंग पनि नेपाली साहित्यमा चर्चित छ । भनिन्छ, एक सामान्य घाँसीले ‘जन्म लिएपछि राम्रो काम गरेर नाम कमाउनुपर्छ’ भन्ने सुझाव दिएपछि उहाँले समाजका लागि अमर कृति सिर्जना गर्ने प्रेरणा प्राप्त गरेका थिए ।

भानुभक्तले रामायणबाहेक ‘बधूशिक्षा’, ‘प्रश्नोत्तर’ लगायतका महत्वपूर्ण कृति सिर्जना गरेकहा छन् । उनका रचनाले नेपाली समाजको भाषा, संस्कृति र जीवनशैलीलाई प्रतिबिम्बित गरेका छन् ।

नेपाली भाषा र साहित्यमा उहको योगदानको सम्मानस्वरूप हरेक वर्ष असार २९ गते भानुजयन्ती मनाउने गरिन्छ । यस अवसरमा साहित्यिक गोष्ठी, कविता वाचन, सांस्कृतिक कार्यक्रम तथा विभिन्न रचनात्मक गतिविधि आयोजना गरी आदिकवि भानुभक्त आचार्यको योगदानको स्मरण गरिन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गृहमन्त्री एमालेको नेता जस्तो लाग्न थालेको छ : सुदन गुरुङ
गृहमन्त्री एमालेको नेता जस्तो लाग्न थालेको छ : सुदन गुरुङ
३ सचिवको सरुवा, गृह सचिवको जिम्मेवारी दंगाललाई
३ सचिवको सरुवा, गृह सचिवको जिम्मेवारी दंगाललाई
आजको मौसम : यी स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना
आजको मौसम : यी स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना
जसपा सर्लाहीद्वारा प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र  ‎
जसपा सर्लाहीद्वारा प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र ‎
क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने महिला पक्राउ
क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने महिला पक्राउ
दार्चुलाको जिप दुर्घटना : घाइतेलाई थप उपचारका लागि हेलिकोप्टरमार्फत धनगढी लगियाे
दार्चुलाको जिप दुर्घटना : घाइतेलाई थप उपचारका लागि हेलिकोप्टरमार्फत धनगढी लगियाे
१६ करोड खर्चेर बनाइएको प्रसूतिगृह प्रयोगविहीन
१६ करोड खर्चेर बनाइएको प्रसूतिगृह प्रयोगविहीन
इटहरीले उपमहानगरले सुरु गर्‍यो नि:शुल्क शव वाहन र एम्बुलेन्स सेवा
इटहरीले उपमहानगरले सुरु गर्‍यो नि:शुल्क शव वाहन र एम्बुलेन्स सेवा
ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सिके राउत
ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सिके राउत
भ्रष्टाचारका मुद्दा दर्ता र कारबाहीमा प्रगति भएको छ: अर्थमन्त्री खनाल
भ्रष्टाचारका मुद्दा दर्ता र कारबाहीमा प्रगति भएको छ: अर्थमन्त्री खनाल