कर्णाली दुर्घटनाको उद्धारबारे रास्वपाकै सांसदले मागे गृहमन्त्रीसँग जवाफ

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, आषाढ २२, २०८३
|
|
२३२ पटक हेरिएको
Shares
कर्णाली दुर्घटनाको उद्धारबारे रास्वपाकै सांसदले मागे गृहमन्त्रीसँग जवाफ

सारांश

  • कर्णाली दुर्घटना र त्यसको उद्धारबारे सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदले समेत गृहमन्त्री सुधन गुरुङसँग जवाफ माग गरेका छन् ।
  • सोमबार प्रतिनिधिसभामा बोल्दै विपक्षी दलका सांसदहरूले सरकारले कर्णालीमा भएको सवारी दुर्घटनामा कम ध्यान दिएको भनेर ध्यानाकर्षण गरे ।
  • यो विषयमा सत्तारुढ दल रास्वपाका सांसद रमेश प्रसाईं पनि बोले ।

२२ असार, काठमाडौं ।

कर्णाली दुर्घटना र त्यसको उद्धारबारे सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदले समेत गृहमन्त्री सुधन गुरुङसँग जवाफ माग गरेका छन् । सोमबार प्रतिनिधिसभामा बोल्दै विपक्षी दलका सांसदहरूले सरकारले कर्णालीमा भएको सवारी दुर्घटनामा कम ध्यान दिएको भनेर ध्यानाकर्षण गरे ।

यो विषयमा सत्तारुढ दल रास्वपाका सांसद रमेश प्रसाईं पनि बोले । हालसालै जुन दुर्घटना कर्णाली राजमार्गम भयो । सरकारले उद्धारका लागि आफ्नो सम्पूर्ण क्षमता परिचालन गर्यो कि गरेन ?’ प्रसाईंले भने, ‘के मान्छे भिरमा अड्किएर हार गुहार गरेको र विपक्षी मित्रहरूले भने जस्तै लापरबाही भएको साँचो हो ?’ यो विषयमा उनले गृहमन्त्रीसँग जवाफ माग गरेका हुन् । उनले भनेका छन्, ‘भविष्यमा कर्णाली राजमार्गम यस्ता दुर्घटना दोहोरिन नदिन सरकारसँग दीर्घकालीन योजनाहरू के के छन् ? गृहमन्त्रीले यो रोष्ट्रममा उभिएर उत्तर दिनैपर्छ ।’ नागरिकको जीवनसँग जोडिएको विषयमा आफूहरू सत्तापक्ष र प्रतिपक्षभन्दा माथि उठ्नुपर्छ भन्दै उनले सभामुखलाई समेत तत्काल रुलिङ गर्न माग गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आजको मौसम : कोशी र गण्डकी प्रदेशमा वर्षासहित हिमपातको सम्भावना
आजको मौसम : कोशी र गण्डकी प्रदेशमा वर्षासहित हिमपातको सम्भावना
सर्लाहीका चार क्षेत्रमा १३३ जनाको उम्मेदवारी
सर्लाहीका चार क्षेत्रमा १३३ जनाको उम्मेदवारी
रुपन्देहीमा कांग्रेस नेता बालकृष्ण खाँणको घर तोडफोड, कांग्रेस र एमाले कार्यालय तोडफोड तथा गाडीमा आगजनी
रुपन्देहीमा कांग्रेस नेता बालकृष्ण खाँणको घर तोडफोड, कांग्रेस र एमाले कार्यालय तोडफोड तथा गाडीमा आगजनी
छिन्नमस्ताको पूजा गर्न राष्ट्रपति सप्तरीमा
छिन्नमस्ताको पूजा गर्न राष्ट्रपति सप्तरीमा
२५ सय रुपैयाँले घट्यो सुनको मूल्य
२५ सय रुपैयाँले घट्यो सुनको मूल्य
जनताद्वारा अभिव्यक्त राष्ट्र निर्माणको दायित्व पूरा गर्न राष्ट्रपतिको आह्वान
जनताद्वारा अभिव्यक्त राष्ट्र निर्माणको दायित्व पूरा गर्न राष्ट्रपतिको आह्वान
रक्षामन्त्री राई चढेको गाडीले मोटरसाइकललाई ठक्कर
रक्षामन्त्री राई चढेको गाडीले मोटरसाइकललाई ठक्कर
बालेन र हर्कले ल्याउन सकेनन् बजेट, २२ नगरपालिका पनि उस्तै
बालेन र हर्कले ल्याउन सकेनन् बजेट, २२ नगरपालिका पनि उस्तै
जेनजी आन्दोलनमा ताकिताकी गोली हान्ने आदेश थिएन, प्रहरीसँग नभएका हतियारले गोली हानिएको छ : ओली
जेनजी आन्दोलनमा ताकिताकी गोली हान्ने आदेश थिएन, प्रहरीसँग नभएका हतियारले गोली हानिएको छ : ओली
बैतडीको बडिया र कणेलीगाउँमा खानेपानीको समस्या
बैतडीको बडिया र कणेलीगाउँमा खानेपानीको समस्या